close

पब्जीको इण्डियन भसर्न ‘ब्याटलग्राउण्ड्स मोबाइल’ सार्वजनिक

टेकपाना टेकपाना

असार ५, २०७८ १८:६

पब्जीको इण्डियन भसर्न ‘ब्याटलग्राउण्ड्स मोबाइल’ सार्वजनिक

काठमाडौं । पब्जी मोबाइलको भारतीय संस्करण ‘ब्याटलग्राउण्डस मोबाइल’ गेम सार्वजनिक भएको छ । दक्षिण कोरियाली कम्पनी क्राफ्टनले जून १७ देखि बेटा टेस्टरका लागि याे गेम उपलब्ध गराएको हो ।

कम्पनीले सुरूवाती चरणमा ७२० एमबी साइज रहेकाे याे गेम बेटा टेस्टरलाई उपलब्ध गराएको छ । यसपछि सम्भावित बगको समाधान र थप फिचरसहित औपचारिक रूपमा सबैका लागि उपलब्ध गराउने योजना कम्पनीको छ ।

प्रि-रजिस्टर गर्ने प्रयोगकर्तालाई रिवार्डको रुपमा रिकेन माक्स, सेलिब्रेसन एक्पर्ट टाइल र ३००एजी प्रदान गरिएकाे छ । पब्जी मोबाइलका फ्यानहरूले अझै पनि एन्ड्राेइडमा यो बेटा टेस्टिङका लागि अप्लाई गर्नसक्ने बताइएको छ ।

सुरक्षा चिन्ताको कारण भारत सरकारले सेप्टेम्बर २०२० मा पब्जी मोबाइलसहित सयौं चिनियाँ एपहरूलाई प्रतिबन्धित गरेको थियो । यसपछि एप डेभलपर कम्पनीले भारतका लागि छुट्टै गेम निर्माणमा जुटेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६