close

सेप्टेम्बरदेखि विश्वभर एलन मस्कको स्टारलिंक इन्टरनेट

टेकपाना टेकपाना

असार ८, २०७८ १७:३३

सेप्टेम्बरदेखि विश्वभर एलन मस्कको स्टारलिंक इन्टरनेट

काठमाडौं । एलन मस्कको कम्पनी स्पेसएक्स इन्टरनेटको कभरेज आउँदो सेप्टेम्बरदेखि विश्वभर उपलब्ध हुने जनाइएको छ । कम्पनीकी अध्यक्ष ग्वायन शर्टवेलले मंगलबार आयोजित एक कार्यक्रममा यसबारे जानकारी दिएको रोयटर्सले जनाएको छ ।

‘हामीले इन्टरनेटका लागि हालसम्म १८०० सय स्याटेलाइट तयार पारिसकेका छौं,’ शर्टले भनिन, ‘थप स्याटेलाइट प्रक्षेपणको तयारी भइरहेको छ । सबै स्याटेलाइट अपरेसन अर्बिटमा पुगेसँगै हामीले विश्वभर इन्टरनेट सेवा उपलब्ध गराउन सछौं । त्यसका लागि हामीलाई सेप्टेम्बरसम्मको समय लाग्नेछ ।’

स्पेसएक्सको सन २०२७ सम्म लो–अर्थ अर्बिटमा ४२ सय स्याटेलाइट राख्ने योजना छ । विश्वभर इन्टरनेट दिनसक्ने भएपनि इन्टरनेट विस्तारका लागि देशको नीतिअनुसार अनुमति आवश्यक पर्नेछ ।

हालसम्म कम्पनीले ११ देशमा बेटाको रुपमा आफ्नो इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ । जसमा अमेरिका, अष्ट्रेलिया, न्युजिल्याण्ड र युरोपका केही भाग रहेका छन् ।

जब यो विश्वव्यापी पहुँचमा पुग्नेछ, त्यो भएसँगै ग्रामीण भेगमा पनि सहज रुपमा इन्टरनेट सेवा प्रयोग गर्न सकिने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६