close

अनलाइन फिशिङबाट कसरी बच्ने ?

टेकपाना टेकपाना

असार १०, २०७८ २१:३२

अनलाइन फिशिङबाट कसरी बच्ने ?

काठमाडौं । पछिल्लाे समय मानिसहरू अनलाइन फिशिङ र अट्याकहरुको शिकार भइरहेका छन् । हामीमध्ये धेरैजनाले अञ्जानमा थाहा नभएरै कति धेरै स्क्यामहरुलाई आफ्नो डिभाइसमा प्रवेश गर्ने द्वार आफैंले खुला गरिरहेका हुन्छौं । 

यसैबीच निजी क्षेत्रकाे ठूलाे माेबाइल सेवाप्रदायक एनसेलले तपाईंहरुका लागि फिशिङ तथा साइबर हमलाबाट बच्न केही उपयुक्त सल्लाह दिएको छ । 

सबैभन्दा पहिले त फिशिङ के हो भन्ने कुरा बुझ्न आवश्यक छ । अनलाइनमा ठगी गर्ने नियत भएका मान्छेहरुले वास्तविकजस्तो देखिने ईमेलहरु बनाउँछन्, जुन कुनै कम्पनीको आधिकारिक ईमेल जस्तो देखिन्छ ।

तर वास्तवमा यी ईमेलभित्र  हानिकारक भाइरसहरु हुन्छन्, जसले डिभाइसमा मेलिसियस सफ्टवेयरहरु राखिदिन्छन् । ताकि प्रयोगकर्ताहरुको उपकरणबाट संवेदनशील वित्तीय विवरण तथा पासवर्डहरु चोरी गर्न सकियोस् । 

अट्याचमेन्ट 

अज्ञात स्रोतबाट आएका ईमेलका अट्याचमेन्टहरु कहिल्यै पनि नखोल्नुहोस् । त्यस्ता ईमेलमा रेन्समवेयर भाइरस तथा अन्य किसिमका माल्वेयरहरु हुन्छन् । 

लिङ्क

अज्ञात ईमेलभित्र रहेका लिङ्कहरुलाई पनि कहिल्यै नखोल्नुहोस् । त्यहाँबाट मेलिसियस साइटमा पुगिन्छ । जसको माध्यमबाट ह्याकरले तपाईंको डिभाइसमा माल्वेयर राखिदिन्छन् । 

तपाईंका विवरण 

तपाईंको व्यक्तिगत वा वित्तीय विवरण माग्ने ईमेलहरुलाई कहिल्यै पनि प्रतिक्रिया नदिनुहोस् । बैंक तथा कुनै पनि संस्थालाई व्यक्तिको संवेदनशील व्यक्तिगत विवरण हुन्छ तर पासवर्ड माग्ने अनुमति हुँदैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६