close

मानव बेचबिखनविरुद्द अभियान थाल्दै स्कलर्स स्पेस, २५ विषयमा सीपमूलक तालिम सञ्चालन हुने

टेकपाना टेकपाना

असार ११, २०७८ १७:३६

मानव बेचबिखनविरुद्द अभियान थाल्दै स्कलर्स स्पेस, २५ विषयमा सीपमूलक तालिम सञ्चालन हुने

काठमाडौं । मानव बेचबिखन अनुसन्धान ब्यूरो र माइती नेपालको सहकार्यमा स्कलर्स स्पेसले एक महिना लामो मानव बेचबिखनविरुद्ध र मानव बेचबिखनबाट पीडितलाई टेवा पुर्‍याउने उद्देश्यले ‘योर एक्सन फर अवेरनेस’ नामक अभियान सुरु गर्ने भएको छ ।

यस अभियानमा सिस्टरहुड नेपाल र मेन्स रूम रिलोडेड इम्प्याक्ट पार्टनरका रूपमा र आईटी स्टुडेन्ट्स अफ नेपाल र जिनेसी क्लाउड एकेडेमी सहजकर्ताको रूपमा जोडिएका छन् ।

अभियानमा मानव बेचबिखनविरुद्ध जागरुकता फैलाउन विभिन्न ‘टक शो’ र ‘प्यानल डिस्कसन’ का साथै विभिन्न विषयअन्तर्गतका ट्रेनिङमार्फत क्षमता विकासका कार्यक्रमहरु पनि हुनेछ । यसै अभियानमा हरेकको आवाज र कदम महत्वपूर्ण छ भन्ने संदेश लिएर विभिन्न क्षेत्रबाट खेलाडी, समाजका परिवर्तक र विभिन्न समाजसेवीहरु मानव बेचबिखनविरुद्धमा आफ्नो सहभागिता जनाउँदै छन् ।

समाजलाई केहि दिनुपर्छ भन्ने मूलभावका साथ सञ्चालन हुने याे अभियानमा करिब २५ वटा ट्रेनिङ सेसन हुनेछन् । विभिन्न विधामा सञ्चालन गरिने ट्रेनिङहरू स्कलर्स स्पेसको वेबसाइटमा गएर रजिस्टर गर्न सकिनेछ ।

यसअन्तर्गत शेयर मार्केट, पब्लिक स्पिकिङ, आर्ट अफ लिभिङ, संस्कृत, मेकअप, क्यानभा, फोटोशप, इलुस्ट्रेटर, वर्डप्रेस, बग बाउन्टी एन्ड साइबर सेक्युरिटी, एचटीएमएल एन्ड सीएसएस, पाइथन जाभा स्क्रिप्ट, अटोक्याड, ईट्याब्यस, स्केचअप, आर्क जीआईएस, क्लाउड कम्प्युटिङ, गिटहब लगायतका ट्रेनिङ सञ्चालन हुनेछ ।

धेरै ट्रेनिङहरु निःशुल्क पनि छन् र अरु चाहिँ न्यूनतम ३०० शुल्कमा सञ्चालन हुनेछन् ।  यी ट्रेनिङहरु तपाईंले रजिस्टर गरेपछि तोकिएको मितिबाट जुम प्लेटफर्ममा लाइभ सञ्चालन हुनेछन् । र यी ट्रेनिङबाट उठेको रकम साउन १५ गते (अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस) का दिन माइती नेपाललाई हस्तान्तरण गरिनेछ ।

सबै सिपमुलक तालिमहरुको रजिस्ट्रेसन् खुलिसकेको छ । यो लिंक मा गएर यो अभियानका बारेमा विस्तृतरुपमा जानकारी लिन सक्नुहुनेछ र ट्रेनिङ सेसनहरुमा रजिस्ट्रेसन पनि गर्न सक्नुहुनेछ ।

‘यो अभियान केही नारासहितको अभियान मात्रै होइन, आफू सँगसँगै सिंगो समाजलाई सचेत र क्षमतावान बनाउने प्रयास हो । त्यसैले सबै सामाजिक आभियानता, सामाजिक संस्था, समाजका परिवर्तक, युवाका प्रेरणाका श्रोतहरु, लेखक, विद्यार्थी र समग्र नेपाली मनहरुलाई यस अभियानमा सामेल भई, मानव बेचबिखनविरुद्ध आवाज उठाउन हुन अनुरोध गर्दछौं,’ स्कर्लस स्पेसका संस्थापक रोहित सेन्चुरीले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५