close

मसिन लर्निङ र डिप लर्निङमा नझुक्किनुहोस्, यस्तो छ फरक

टेकपाना टेकपाना

असार २७, २०७८ १३:१०

मसिन लर्निङ र डिप लर्निङमा नझुक्किनुहोस्, यस्तो छ फरक

आर्टिफिसियल इन्टलिजेन्सको दुनियाँमा एकदमै धेरै चलेको शब्द हो, डिप लर्निङ र मसिन लर्निङ । तर के तपाईंलाई थाहा छ डिप लर्निङ र मसिन लर्निङ भनेको के हो  ?

वास्तवमा यी दुवै आर्टिफिसियल इन्टलिजेन्सकै भाग हुन । एउटै प्रविधिका अंगहरू सुन्दा एउटै लागे पनि यिनीहरू विल्कुलै दुई फरक, तर एक अर्काका परिपूरक हुन् । यी दुईलाई बुझ्नुभन्दा पहिले आर्टिफिसियल इन्टलिजेन्स भनेको के हो भनेर बुझाैं । 

आर्टिफिसियल इन्टलिजेन्स 

सामान्य रुपमा बुझ्नुपर्दा आर्टिफिसियल इन्टलिजेन्स भनेको विज्ञानले तयार गरेको एउटा यस्तो मसिन हो, जसले मान्छेहरूले जस्तै सोच्न र काम गर्न सक्छ । सुुन्दा सामान्य जस्तै लागे पनि कुनै पनि कम्प्युटरले मानव मस्तिष्कको जटिलतालाई भेटाउन भने सकेको छैन ।

निश्चय पनि कम्प्युटरले कामहरू राम्रोसँग कार्यन्वयन गर्नसक्छ, तर कहिलेकाहिँ मान्छेका लागि धेेरै सजिलो लागेको काम पनि कम्प्युटरको लागि गार्हो हुनसक्छ ।

पछिल्लो समयमा आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगमा रेस्टुरेन्टहरूले वेटरको ठाउँमा रोबट प्रयोग गर्ने प्रचलन बढेको छ । तर निर्णायक तह अथवा ठूला परिणामको डेटा प्रसारण गर्ने लगायत कामहरूमा भने एउटा मसिनलाई गाह्रो हुनसक्छ ।

यसर्थ कम्प्युटरलाई ठूलो परिमाणको डेटा अध्ययन र विश्लेषण गर्ने लायक बनाउन डिप लर्निङ र मसिन लर्निङले मद्दत गर्दछ । मसिनलाई पनि मान्छेले जस्तै’ सोच्ने काम गर्ने बनाउने प्रविधिलाई आर्टिफिसियल लर्निङ भनिन्छ । यसअन्तर्गत मसिन लर्निङ भनेको बिना कुनै स्पष्ट प्रोग्रामिङ टास्कहरू कार्यन्वयन गर्दै जानु हो ।

यसगरी डिप लर्निङ भनेको कृत्रिम न्युरो नेटवर्किङको आधारमा गरिने मसिन लर्निङ हो । यी दुईको उपस्थितिमा आर्टिफिसियल इन्टलिजेन्सले कम्प्युटरले मान्छेले जस्तै’ गर्नसक्ने कामहरू गराउने प्रयास गरिरहेको छ । 

के हो मसिन लर्निङ ?

सामान्य भाषामा बुझ्नुपर्दा मसिनको पढाइ नै हो मसिन लर्निङ हो । अर्थात कम्प्युटर विज्ञानको एउटा यस्तो पाटो हो, जसले बिना कुनै प्रोग्रामिङ कम्प्युटरमा डेटा पढ्ने र बुझ्ने क्षमताको विकास गरिदिन्छ । कुनै स्पष्ट प्रोग्रामिङ बिना नै कम्प्युटरमा टास्कहरू पुरा गर्ने माध्यम हो मसिन लर्निङ, जसले समय र अनुभवसँगै आफ्नो क्षमता स्वत: वृद्धि गर्दै जान्छ ।

कम्प्युटरमा एउटा स्ट्रक्चरड डेटा अथवा मिलाएर राखिएका संरचित डेटा राखिन्छ, जसले समय बित्दै जाँदा सोही डेटाकाे मद्दतमा कार्य मूल्याङ्कन गर्दै टास्कहरू कार्यन्वयन गर्दै जान्छ ।

जस्तै उदाहरणको लागि तपाईंले एउटा एक्से सिटमा एउटा खाना भन्ने कोलम बनाउनुभयो अनि त्यस अन्तर्गतको “रो” मा विभिन्न वस्तुहरू जस्तै; फलफुल र मासुका परिकारहरूको सूचि बनाएर राख्नुभयो ।

यस्तो खालको सजिलो डेटामा कम्प्युटरले सजिलै काम गर्नसक्छ र यो डेटा प्रोगामिङको भाषामा एक महत्त्वपुर्ण भाषा हो, जसलाई स्ट्रक्चर्ड क्वयरी भाषा भनिन्छ ।

यो प्रोग्रामिङ एकपटक सेट भइसकेपछि पछि मान्छेहरूको कुनै हस्तक्षेप बिना नै यसले नयाँ डेटा चिन्न र त्यसमा स्वत: काम गर्न सक्छ । अर्थात् समय बित्दै जाँदा तपाईंले लेबलिङ गर्नुभएन भने पनि उसले स्वत: फलफुललाई खानाको क्याटगोरीमा लगेर राखिदिन्छ ।   

के हो डिप लर्निङ ?

मसिन लर्निङ भनेको स्पष्ट रूपमा प्रोग्राम नगरिकनै कम्प्युटरले काम गर्न सक्ने क्षमता हो र स्वत: रुपमा क्षमता पनि वृद्धि हुँदै जान्छ । यदि हुँदाहुँदै पनि कम्प्युटरले एउटा मसिनले जस्तै सोच्छ र काम गर्छ ।

जसरी मान्छेले ठूला डेटामा काम गर्नसक्छ, अथवा कुनै फोटो वा भिडिओबाट कुनै डेटा कम्पाइल गर्न सक्छ, त्यसरी एउटा कम्प्युटरले गर्न सक्दैन । यही समस्याहरूलाई डिप लर्निङले सम्बोधन गर्दछ ।

डिप लर्निङ मानव मस्तिष्कको आधारमा तयार गरिएको एउटा मोडेल हो, जसले मसिन लर्निङमा भएका चुनौतीहरूको सामना गर्न मद्दत गर्दछ । यसमा जटिल, मल्टि लेयर (multi layered) डिप न्युरल नेटवर्क निर्माण गरिएको हुन्छ, जसले डेटालाई नोड (nodes) हरूको बीचमा पार गराउँछ ।

यसर्थ यो मसिन लर्निङको एउटा सबसेट हो, जसले आर्टिफिसियल इन्टेलिजेन्स प्रणालीमा परिस्कृत एल्गोरिदम प्रयोग गरेर कम्प्युटरलाई टास्क गर्न मद्दत गर्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३