close

नेपाल राष्ट्र बैंकको मोबाइल एप सार्वजनिक, के के छन् फिचर ?

टेकपाना टेकपाना

असार ३०, २०७८ १६:५६

नेपाल राष्ट्र बैंकको मोबाइल एप सार्वजनिक, के के छन् फिचर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ । आज आयोजित एक भर्चुअल कार्यक्रममा डेपुटी गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले उक्त एपकाे बेटा भर्सन सार्वजनिक गरे ।

बैंकका अनुसार यस एपमार्फत बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, अध्ययन प्रतिवेदन, तथ्याङ्कलगायतका सामग्रीहरू प्राप्त गर्न सकिनेछ ।

एपको प्रयोगबाट बैंकसँग सम्बन्धित सूचना र जानकारीप्रति सरोकारवाला तथा सर्वसाधारणको पहुँच अभिवृद्धिमा थप सहयोग पुग्ने बैंककाे विश्वास छ ।

एपको बेटा भर्सन सार्वजनिक गरेपछि प्रयोगकर्ताबाट प्राप्त हुने सुझावको आधारमा यसलाई थप परिस्कृत गर्दै लगिने बैंकले जनाएको छ ।

बैंकका अनुसार हाल यो एप एन्ड्रोइड मोबाइलमा मात्र उपलब्ध हुनेछ । उक्त एपलाई क्रमिक रूपमा आईओएसमा समेत विस्तार गरिने बैंकले उल्लेख गरेको छ ।

एन्ड्राेइडमा एप डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३