close

क्लबहाउसमा ‘ब्याकच्यानल’, अब कुराकानीसँगै म्यासेज गर्न पाइने

टेकपाना टेकपाना

असार ३१, २०७८ ११:५६

क्लबहाउसमा ‘ब्याकच्यानल’, अब कुराकानीसँगै म्यासेज गर्न पाइने

काठमाडौं । सामाजिक अडियो कम्पनी क्लबहाउसले डाइरेक्ट म्यासेज फिचर ‘ब्याकच्यानल’ सार्वजनिक गरेको छ । कम्पनीले बिहीवार आईओएस र एन्ड्रोइड दुवैका लागि यो फिचर ल्याएको हो ।

अब प्रयोगकर्ताले एक अर्कासँग तथा ग्रुपमा च्याट गर्न र लिङ्क पठाउन सक्नेछन् । तर तस्वीर र भिडिओ भने पठाउन सकिने छैन । यद्यपि कम्पनीका प्रवक्ताले यो सुविधा अन्य फिचरको साथ आउने क्रममा रहेको बताएका छन् ।

एपमा वैकल्पिक इनबक्स समेत हुनेछ, जसमा म्यासेज रिक्वेस्ट रहनेछन् । यो सुविधा मोडेरेटरलाई रुम सक्रिय रहँदा सहयोग पुर्‍याउने उद्देश्यले ल्याइएको हो । जसबाट प्रयोगकर्ताले कार्यक्रमपछि आपसमा जोडिन, कुराकानीलाई थप प्रभावकारी बनाउन सक्नेछन् ।

यसका लागि प्रयोगकर्ताले छुट्टै एपमा जानुपर्ने बाध्यता रहेको थियो । हुन त यो फिचर कतिपयलाई अनौंठो विषय नहुन सक्छ । किनकि क्लबहाउसले भुलवश गत जुनमा यो फिचरको जानकारी लिक गरेको थियो ।

कम्पनीका अनुसार हाल क्लबहाउस एप एन्ड्रोइडमा ८० लाख पटक डाउनलोड भइसकेको छ । जहाँ दैनिक पाँच लाख रुम क्रियट हुने गरेका छन् । क्लबहाउसका प्रतिस्पर्धी ट्वीटर स्पेस र फेसबुक लाइभ अडियो रुम दुवैले भने यसअघि नै प्रयोगकर्तालाई अडियो कुराकानीको दौरान च्याट गर्ने सुविधा दिँदै आएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१