close

सुबिसुले ल्यायो नेपालकै फास्ट १५० एमबीपीएसको इन्टरनेट, कति होला मूल्य ?

टेकपाना टेकपाना

असार ३१, २०७८ १८:१५

सुबिसुले ल्यायो नेपालकै फास्ट १५० एमबीपीएसको इन्टरनेट, कति होला मूल्य ?

 काठमाडौं । सुबिसु केबल नेट प्रालिले नेपालकै सबैभन्दा फास्ट इन्टरनेट प्याकेज सुरु गरेको छ । निजी क्षेत्रको दोस्रो ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुले प्रतिस्पर्धी बजारमा इन्टरन्ट स्पिडमा सबैभन्दा अगाडि आएको हो ।

कम्पनीको यो नयाँ अफर अनुसार प्रयोगकर्ताले वार्षिक २८ हजार ३१८ रुपैयाँमा चार वटा क्लियर टिभी सब्सक्रिप्सन सहित १५० एमबीपीएस गतिको प्रिमियम प्याकेज लिन सक्नेछन् । जसमा एक पटकका लागि सेट टप बक्सको एक हजार ७६९ रुपैयाँ पर्नेछ भने हरेक वर्ष २६ हजार ५४९ रुपैयाँ तिर्नुपर्नेछ ।

जुन मासिक हिसाब गर्दा दुई हजार ३६० रुपैयाँ हो । यसैगरी कम्पनीले १५० एमबीपीएस गतिको इन्टरनेटलाई छ महिनाको प्याकेजको रुपमा समेत उपलब्ध गराएको छ ।

जसअनुसार चार ओटा आईपीटिभी सब्सक्रिप्सन सहितको प्रिमियम प्याकेजका लागि १७ हजार ७९ रुपैयाँ तोकिएको छ । यो प्याकेजमा सेट टप बक्सका लागि दुई हजार २१२ रुपैयाँ, पाँच गिगाहर्ज राउटरका लागि एक हजार ३२७ रुपैयाँ र इन्टरनेट वापित १३ हजार ५४० रुपैयाँ पर्नेछ ।

हाललाई यो प्याकेज उपत्यका भित्र मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ । साथै यो प्याकेज डुअल प्ले सर्भिस अर्थात क्लियर टिभीको साथमा मात्र लिन पाइनेछ । साथै उल्लेखित प्याकेजमा भ्याट लाग्नेछ ।  कम्पनीको यो नयाँ प्याकेज बुक गर्नका लागि यहाँ क्लिक गर्न तथा कम्पनीको टेलिफोन नम्बर (०१-४२३५८८८/९८०१२३५८८८) मा सम्पर्क गर्न अथवा यहाँ क्लिक गरी ईमेल पठाउन सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१