close

३ लाख ५१ हजार फिटमाथि अन्तरिक्षमा पुगेर फर्किए जेफ बेजोस

टेकपाना टेकपाना

साउन ६, २०७८ १०:२६

३ लाख ५१ हजार फिटमाथि अन्तरिक्षमा पुगेर फर्किए जेफ बेजोस

काठमाडौं । अमेजनका संस्थापक जेफ बेजोस ३ लाख ५१ हजार २ सय १० फिटमाथि अन्तरिक्षमा पुगेर फर्किएका छन् । मंगलबार साँझ करिब ७ बजे आफ्नो अन्तरिक्ष प्रविधि सम्बन्धी कम्पनी ब्लु ओरिजिनको उडानमा गएका बजोस करिब १० मिनेट पश्चात पृथ्वीमा फर्किएका हुन् ।

उनको टोलीमा १८ वर्षीय किशोर ओलिभर डेइमेन र ८२ वर्षीय महिला वाल्ली फंक समेत अन्तरिक्ष यात्रामा सँगै गएका थिए । यससँगै डेइमेन अन्तरिक्षमा जाने अहिलेसम्मकै कान्छा र फंक सबैभन्दा वृद्ध महिला बन्न सफल भएका छन् ।

Blue Origin founder Jeff Bezos 'ready' for historic launch on New Shepard |  Fox Business

यसका साथै बजोसका भाइ मार्क बेजोस समेत सँगै अन्तरिक्ष यात्रामा गएका थिए । कुल छ जना यात्री सवार उक्त उडानमा दुई जना क्रु मेम्बर समेत रहेका थिए । लामो समेयदेखि बजोसले यो यात्राको तयारीमा गरिरहेका थिए ।

जसका लागि उनले यसअघि आफूसँग जानका लागि पब्लिक अक्सन समेत गराएका थिए । जसबाट डेइमेन २८ मिलियन डलर तिरेर बेजोससँगै अन्तरिक्ष यात्रामा गएका हुन् ।

तर, बेजोसको यात्रामा जाने ८२ वर्षीय महिला फंकलाई भने बेजोसले ‘अनर्ड गेष्ट’ (सम्मानित अतिथि) को रुपमा यात्रामा सँगै लैजाने निर्णय गरको हुन् । ब्लु ओरिजनको न्यू सेपहार्ड नामको स्पेस रकेट पृथ्वीको सतहबाट १०० किलोमिटर माथि पुगेर फर्किएको हो । न्यु सेपहार्डको उडान सब अर्बिट अर्थात एक किसिमको अन्तरिक्ष उडान नै हो, जहाँ यान बाहिरी कक्षमा पुगेर फर्किएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५