ट्रेन्डिङ:
आफ्नै कर्मचारीबाट रातभर कार्यालयमा थुनिए टेलिकमका प्रबन्ध निर्देशक गुगल सर्चमा यस्ता कुरा नखोजेकै बेस घरमा प्रयोग हुने वाई-फाईमा किन आवश्यक छ गेस्ट मोड ? क्रिप्टो प्रचार गरेको भन्दै सञ्चारकर्मी किमलाई करिब १६ करोड जरिवाना यसकारण ढिलो चार्ज हुन्छ मोबाइल, कतै तपाईंले गल्ती त गरिरहनु भएको छैन ? यसकारण ढिलो चार्ज हुन्छ मोबाइल, कतै तपाईंले गल्ती त गरिरहनु भएको छैन ? वैशाख २८ देखि राजधानीमा क्यान इन्फोटेक २०२१ यसकारण ढिलो चार्ज हुन्छ मोबाइल, कतै तपाईंले गल्ती त गरिरहनु भएको छैन ? आफ्नो स्थानीय तहको मोबाइल एप डाउनलोड गर्नुभयो त ? तीन करोड बढी सब्स्क्राइबर भएका युट्युबरले गरे पहिलो पटक अनुहार सार्वजनिक
close

आफ्नै कर्मचारीबाट रातभर कार्यालयमा थुनिए टेलिकमका प्रबन्ध निर्देशक

टेकपाना टेकपाना

साउन ६, २०७८

आफ्नै कर्मचारीबाट रातभर कार्यालयमा थुनिए टेलिकमका प्रबन्ध निर्देशक

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीलाई आफ्नै कर्मचारीले रातभर कार्यालयमा थुनेका छन् । कर्मचारीहरूले आफ्ना माग पुरा गराउन दबाब स्वरुप आफ्ना प्रमुखलाई कार्यकक्षमै घेराबन्दी गरेका हुन् ।

बुधबार दिउँसोसम्म माग पुरा गर्ने शर्तमा बिहानपख मात्र प्रबन्ध निर्देशकलाई घर जान दिइएको बताइएको छ । पछिल्लो केही समययता कर्मचारी विनियमावली संशोधनको विषयलाई लिएर टेलिकम कर्मचारी युनियनहरू संयुक्त रुपमा आन्दोलनरत छन् ।

जसमा प्रबन्ध निर्देशक, उप प्रबन्ध निर्देशक (डीएमडी), निर्देशक जस्ता सिनियर तहका कर्मचारी स्वतः अवकाश हुने पुरानै व्यवस्थालाई निरन्तरता दिनुपर्ने उनीहरूको माग छ । यसअघि उप प्रबन्ध निर्देशक ५ वर्ष पुगेपछि तथा निर्देशक आठ वर्ष पछि स्वतः अवकासमा जानुपर्ने व्यवस्था रहेको थियो ।

तर नयाँ विनियमावली अनुसार यस किसिमको क्यापिङ हटेको छ । क्यापिङ हटाउँदा तल्लो तहका कर्मचारीको वृत्ति विकासमा अवरोध हुने भन्दै कर्मचारी युनियनले यसको विरोध गर्दै आएका छन् ।

उनीहरूले प्रबन्ध निर्देशक समेत आफ्नो कार्यकाल पुरा भइसकेपछि यस अघिकै तहमा फर्किन खोजेको भन्दै आफू अनुकूल विनियमावली संशोधनका लागि दबाब दिन थालेका हुन् । लोकसेवाले सिनियर तहका कर्मचारीको क्यापिङ हटाएको छ भने प्रबन्ध निर्देशकको हकमा मन्त्रिपरिषद्‌बाट स्वीकर्त निर्देशिका बमोजिम हुने उल्लेख गरेको छ ।

मन्त्रिपरिषदले स्वीकृत गरेको निर्देशिका अनुरूप हुँदा प्रबन्ध निर्देशक अधिकारी समेत कार्यकाल पछि (अबको करिब छ महिनामा प्रबन्ध निर्देशकको कार्यकाल सकिँदै छ) पहिलेकै निर्देशक तहमा फर्किने छन् । यसका साथै कर्मचारी युनियनहरूले स्वतः बढुवा हुने व्यवस्था समेत हटाउन नहुने माग राखेका छन् ।

यस अघिको स्वतः बढुवा (विशेष बढुवा) अनुसार योग्यता भएका कर्मचारीको ८ वर्षमा, सवारी चालकको ९ वर्षमा र योग्यता नभएका तर काम सन्तोषजनक भएको अवस्थामा १० वर्षमा स्वतः बढुवा पाउने व्यवस्था लोकसेवाले हटाइदिएको छ । तर कर्मचारी युनियनहरू भने सकेसम्म त्यही पुरानै व्यवस्था लागू हुनुपर्ने र अन्यथा अवस्थामा वैकल्पिक व्यवस्था गर्नुपर्ने माग राख्दै आएका छन् ।

जुन सेवा शर्तबाट कर्मचारी प्रवेश गरेका छन्, कम्तिमा त्यसलाई यथावत राख्नुपर्ने, अन्यथा अन्याय हुने नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनका उपाध्यक्ष दामोदर केसीको तर्क छ । त्यस्तै लोकसेवाले ट्रेड युनियन अधिकार ७ औं तहसम्म मात्र रहने व्यवस्था गरेको छ ।

तर कर्मचारीको निरन्तर दबाबका कारण कम्पनी ८ औं तहसम्म यस किसिमको अधिकार रहने गरी विनियमावली पुनरावलोकनका लागि पठाउन तयार भएको छ । तर कर्मचारीहरू भने नौ तहसम्म नै ट्रेड युनियन अधिकार दिनुपर्ने पक्षमा छन् ।