close

यी ११ एपमा भेटियो खतरनाक ‘जोकर’ मालवेयर, कतै तपाइको फोनमा त छैन ?

टेकपाना टेकपाना

साउन ७, २०७८ १४:३८

यी ११ एपमा भेटियो खतरनाक ‘जोकर’ मालवेयर, कतै तपाइको फोनमा त छैन ?

काठमाडौं । गुगल प्ले स्टोरमा भाइरसयुक्त ११ एप फेला परेको छ । साइबर सुरक्षामा अनुसुन्धान गर्ने संस्था ‘जेडस्केलर्स थ्रेटल्याब्स’ ले गुगल प्ले स्टोरमा रहेका ११ एपमा ‘जोकर’ मालवेयर फेला परेको जनाएको हो ।

गुगल प्ले स्टोरमा एकैपटक अपलोड भएको यी एप कुल ३० हजारको हाराहारीमा डाउनलोड भएका छन् । जसमा ‘जोकर’ मालवेयर रहेको साे अनुसन्धान संस्थाले उल्लेख गरेकाे छ ।

‘जोकर’ मालवेयर विशेषगरी एन्ड्रोइड डिभाइसलाई लक्षित गर्ने मालवेयर हो । ‘जोकर’ मालवेयरको विषयमा धेरै जनचेतनाका काम भएपनि अझै एपहरूमा देखिने गरेकाे छ । यतिसम्म कि यो मालवेयर कतिपय गुगलका आफ्नै आधिकारिक एपमा समेत फेला परेकाे छ ।

प्रयोगकर्ताको म्यासेज, फोन कन्ट्याक्ट, डिभाइसको जानकारी, विभिन्न साइडको लगइन लगायतका जानकारीमा पहुँच बनाउन याे मालवेयर प्रयोग हुँदै आएको छ । यही क्रममा जेडस्केलर्स थ्रेटल्याब्सले गुगल प्ले स्टोरमा ‘जोकर’ मालवेयरयुक्त एप नियमित रुपमा अपलाेड भइरहेको जनाएको हो ।

यो विषयमा जेडस्केलर्स थ्रेटल्याब्सले गुगलको सेक्युरिटी टिमलाई जानकारी गराइसकेको जनाएको छ । भने, गुगलले पनि तत्कालै आवश्यक कदम चाली ११ वटै एप गुगल प्ले स्टोरबाट हटाइसकेको छ । भने, यदि त्यस्ता एप प्रयोगकर्ताको मोबाइलमा भएको खण्डमा त्यसलाई हटाउन समेत आग्रह गरिएकाे छ ।

हटाइएका एप निम्न रहेका छन :

  • Free Affluent Message
  • PDF Photo Scanner
  • delux Keyboard
  • Comply QR Scanner
  • PDF Converter Scanner
  • Font Style Keyboard
  • Translate Free
  • Saying Message
  • Private Message
  • Read Scanner
  • Print Scanner

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५