close

यसै वर्ष ६५ जिल्लामा पुग्दैछ टेलिकमको फाइबर इन्टरनेट

टेकपाना टेकपाना

साउन २१, २०७८ ७:१०

यसै वर्ष ६५ जिल्लामा पुग्दैछ टेलिकमको फाइबर इन्टरनेट

काठमाडौं । सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) पछिल्लो समय फाइबर विस्तारमा आक्रामक देखिएको छ । केही समयअघि चालु आर्थिक वर्ष २०७८/०७९ को बजेट तथा कार्यक्रम पारित गरेको टेलिकमले यो वर्षलाई ‘एफटीटीएच विस्तार वर्ष’ को रुपमा मनाउँदै छ ।

त्यसैअनुरूप टेलिकमले एकै वर्षमा थप १३ जिल्लामा एफटीटीएच इन्टरनेट सेवा उपलब्ध गराउने भएको हो । जसमा पहिलो त्रैमासिकमा थप दुई जिल्लामा सेवा विस्तार हुनेछ । दोस्रो त्रैमासिकमा ३ जिल्ला, तेस्रो त्रैमासिकमा ४ जिल्ला र अन्तिम त्रैमासिकमा थप ४ जिल्ला गरी कुल १३ जिल्लामा फाइबर इन्टरनेट विस्तार गर्ने योजना टेलिकमको रहेको छ ।

त्यो हुँदा यो आवको अन्त्यसम्म कुल ६५ जिल्लामा फाइबर इन्टरनेट पुग्ने टेलिकमले जनाएको छ । यसका साथै टेलिकमले यो वर्ष कुल ४ लाख एफटीटीएच नेटवर्क तयार गर्ने योजना समेत ल्याएकाे छ । भने, २ लाख २६ हजार नयाँ एफटीटीएचका ग्राहक थप्ने लक्ष्य कम्पनीको छ ।

कम्पनीका अनुसार थप ग्राहकमध्ये एक लाख ८० हजार टेलिकमका एडीएसएलका ग्राहकलाई माइग्रेसन गरी एफटीटीएचमा रूपान्तरण गरिने छ । भने, ४५ हजार नयाँ ग्राहक थप्ने लक्ष्य टेलिकमको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१