close

सामसङको बहुप्रतिक्षित फोल्डेबल फोन ‘जेड फोल्ड थ्री’ सार्वजनिक, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

साउन २७, २०७८ २२:३५

सामसङको बहुप्रतिक्षित फोल्डेबल फोन ‘जेड फोल्ड थ्री’ सार्वजनिक, यस्तो छ मूल्य र फिचर

काठमाडौं । सामसङले बहुप्रतिक्षित फोल्डेबल फोन ‘जेड फोल्ड थ्री’ सार्वजनिक गरेको छ । बुधबार साँझ आयोजित अनप्याक्ड इभेन्टबाट कम्पनीले ग्यालेक्सी जेड फोल्ड २ को अपग्रेड भर्सन ल्याएको हो ।

भित्र र बाहिर दुवै डिस्प्लेमा १२० हर्जको रिफ्रेस रेट दिइएको याे फाेनले एस पेन सपोर्ट समेत गर्नेछ । त्यस्तै यो फोन वाटर रेसिस्ट्यान्स अर्थात् पानी नपस्ने पहिलो फोल्डेबल फोनका रुपमा बजारमा सार्वजनिक भएको छ । यसमा ‘आईपी एक्स ८’ रेटिङ दिइएको छ ।

सामसङको आर्मर आल्मुनियमबाट बनेको फोनमा स्क्रिन प्रोटेक्सनका लागि कोर्निङ गोरिल्ला ग्लास भिक्टस छ । कम्पनीले यसलाई विश्वकै पातलो फोल्डेबल फोनका रुपमा दाबी गरेको छ ।

यो फोनको प्राइमेरी डिस्प्ले ७.६ इन्चको छ, जसमा डाइनामिक एमोलेड आल्मुनियम टुएक्स इन्फिनिटी फ्लेक्स स्क्रिन दिइएको छ । यसको आस्पेक्ट रेशियो २४:५:१८, रिफ्रेश रेट १२० हर्ज र पिक्सेल डेन्सिटी ३७४ पिक्सेल प्रति इन्च छ ।

त्यस्तै फोनको कभर स्क्रिनमा ६.२ इन्चको एचडी प्लस डाइनामिक एमोलेड टुएक्स डिस्प्ले छ । यसको आस्पेक्ट रेशियो २४:५:९, रिफ्रेश रेट १२० हर्ज र पिक्सेल डेन्सिटी ३८७ पिक्सेल प्रति इन्च छ ।

यो फोल्डेबल स्मार्टफोनमा तीन रियर क्यामेरा छन्, जसअन्तर्गत १२ मेगापिक्सेल वाइड एंगल क्यामेरा अप्टिकल इमेज स्टेबिलाइजेसन, १२ मेगापिक्सेल अल्ट्रा वाइड एंगल क्यामेरा र १२ मेगापिक्सेलकै टेलिफोटो लेन्स टु एक्स अप्टिकल जुम रहेकाे छ ।

सेल्फीको लागी १० मेगापिक्सेलको फ्रन्ट क्यामेरा सेन्सर उपलब्ध हुनेछ । यसबाहेक महत्वपूर्ण विशेषताका रुपमा यो अन्डर डिस्प्ले क्यामेरा (४ मेगापिक्सेल) भएकाे पहिलाे फाेल्डेबल फोनका रुपमा समेत आएको छ ।

फोनमा मल्टिटास्किङ र स्पिडका लागि ५ एनएम २.८४ गिगाहर्ज ओक्टाकोर प्रोसेसर छ । हाल कम्पनीले प्रोसेसरको नाम खुलाएको छैन । तर यसमा क्वालकम स्न्यापड्रागन प्रोसेसर भएको अनुमान गरिएको छ ।

फोनमा १२ जीबी र्‍यामका साथ २५६ जीबी र ५१२ जीबी स्टोरेज अप्सन रहेको छ । एन्ड्रोइड ११ मा आधारित सामसङको आफ्नै ‘वान यूआई ३.१.१’ बाट यो फोन सञ्चालित छ ।

यो फोनमा ४४०० एमएएचको डुअल सेल ब्याट्री दिइएको छ, जसका लागि वायर्ड र वायरलेस चार्जिङका साथ रिभर्स वायरलेस चार्जिङ समेत दिइएको छ । यसले २५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्ने जनाइएकाे छ ।

फ्यान्टम ग्रीन, फ्यान्टम ब्ल्याक र फ्यान्टम सिल्भर गरी याे फाेन तीन कलर भेरियन्टमा उपलब्ध हुनेछ । अगस्ट २६ देखि बिक्री गरिने याे फाेनकाे मूल्य १७९९ डलर अर्थात् दुई लाख १४ हजार रुपैयाँबाट सुरू हुनेछ ।

कम्पनीले अनप्याक्ड इभेन्टमा अर्को फोल्डेबल फोन ‘जेड फ्लिप थ्री’ का साथमा ‘ग्यालेक्सी वाच फोर’ र ‘बड्स टु’ पनि सार्वजनिक गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३