close

ह्याकरले गरे ३० अर्ब रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी फिर्ता

टेकपाना टेकपाना

साउन २९, २०७८ ११:८

ह्याकरले गरे ३० अर्ब रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी फिर्ता

काठमाडौं । हालसम्म कै ठुलो क्रिप्टोकरेन्सी ह्याकिङ घटनाकाे झन्डै आधा रकम फिर्ता भएको छ । कुल ६०० मिलियन डलर बराबरकाे क्रिप्टोकरेन्सी ह्याक भएकाेमा ह्याकरले बुधबार २६० मिलियन डलर अर्थात ३० अर्ब ८७ करोड भन्दा बढी रकमा फिर्ता गरेका हुन् ।

ह्याकरहरूले पोली नेटवर्कमा रहेको कमजोरीको दूरुपयोग गरी क्रिप्टो करेन्सी चोरेका थिए । विभिन्न ब्लकचेनहरुलाई जोड्ने प्लेटफर्मको रुपमा रहेको पोली नेटवर्कले मंगलबार एउटा ट्वीट गरेको थियो । जसमा ह्याकिङ घटनाबाट आफ्नो क्रिप्टोकरेन्सी गुमाएकाहरूलाई समाधानका लागि तयार रहन भनेको थियो ।

कम्पनीको उक्त ट्वीट पश्चात ह्याकरले आफूहरू पैसाको लागि महत्वकाङ्क्षी नभएको भन्दै पैसा फिर्ता गर्ने बताएका थिए । त्यसैका आधारमा बुधबार पोली नेटवर्कले २६० मिलियन डलर फिर्ता आएको बताएको छ । जुन कुल ह्याक भएको क्रिप्टोकरेन्सीको तुलनामा आधा भन्दा कम हो ।

फिर्ता भएको क्रिप्टोकरेन्सीमा ३.३ मिलियन डलर बराबरको इथेरियम टोकन, २५६ मिलियन डलर बराबरको बाइनान्स कोइन र १ मिलियन डलर बराबरको पोलिगन रहेको उल्लेख गरिएको छ । कम्पनीका अनुसार अझै २६९ मिलियन डलर बराबरको इथर टोकन र ८४ मिलियन बराबरको पोलिगन टोकन फिर्ता हुनै बाँकी रहेको छ । 
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१