close

इन्ड-टु-इन्ड इन्क्रिप्सन के हो र यसले कसरी काम गर्छ ?

टेकपाना टेकपाना

भदौ ६, २०७८ ९:३८

इन्ड-टु-इन्ड इन्क्रिप्सन के हो र यसले कसरी काम गर्छ ?

काठमाडाैं । केही वर्षयता सामाजिक सञ्जाल तथा म्यासेजिङ एपहरुको कमजोरी र सुरक्षा जोखिमलाई कम गर्न इन्ड-टु-इन्ड इन्क्रिप्सन प्लेर्टफर्मको उपयोग सुरु भएको छ ।

हिजोआज ह्वाट्सएप, सिग्नल लगायतका म्यासेजिङ प्लेटफर्मले प्रयोगकर्ताबीच सुरक्षित रूपमा डेटा आदानप्रदान गर्न इन्ड-टु-इन्ड इन्क्रिप्सन प्रयोगमा ल्याएका छन् । तर धेरैलाई यो के हो, कसरी काम गर्छ र सुरक्षाका अरु विधि/उपायभन्दा कसरी फरक छ भन्ने विषयमा जानकारी नहुन सक्छ ।

के हाे इन्ड-टु-इन्ड इन्क्रिप्सन ?

इन्ड-टु-इन्ड इन्क्रिप्सनले प्रयोगकर्ताबीचको सञ्चार वा सूचना आदानप्रदान गर्ने प्रक्रियालाई मजबुत सुरक्षा प्रदान गर्दछ । यस प्रणालीमा शेयर गरिएका सूचना अथवा डेटा प्रेषक र प्रापकबीच मात्रै सीमित रहन्छन् ।

यसको अर्थ ह्याकर अथवा कुनै तेस्रो असम्बन्धित पक्षसम्म सूचना लिक हुँदैन । त्यतिमात्रै होइन च्याट गरिरहेको माध्यम (जस्तै ह्वाट्सएप, सिग्नल) ले समेत तपाईंको कुराकानीमाथि पहुँच राख्न सक्दैन ।

यो प्रक्रियाअन्तर्गत फोन अथवा कम्प्युटर छोड्नुभन्दा पहिला म्यासेज वा फाइलहरुलाइ इन्क्रिप्ट (गोप्य कोड) गरिन्छ र जबसम्म पठाइएको स्थानसम्म सूचना पुग्दैन, तबसम डिक्रिप्ट (पढ्न योग्य) फर्म्याटमा कन्भर्ट गरिँदैन । फलस्वरुप डिभाइस र म्यासेजमा ह्याकरहरुले कुनै पनि क्षति पुर्‍याउन सक्दैनन् ।

किनकि उनीहरुसँग डेटा प्राप्त गर्नसक्ने कुनै पनि किसिमको प्राइभेट-की हुँदैन । साथै व्यक्तिगत,गोप्य सूचना संकलनका लागि चुनौतिपूर्ण हुन जान्छ ।

इन्ड-टु-इन्ड इन्क्रिप्सनको सुरक्षा पब्लिक-प्राइभेट की पेयरको सहायतामा सफल भएको हुन्छ । यो प्रक्रिया क्रिप्टोग्राफिका रुपमा पनि चिनिन्छ, जसले सूचनालाई सुरक्षित गर्नुका साथै डिक्रिप्ट पनि गर्दछ ।

पब्लिक की (Public key) ले सूचनालाई इन्क्रिप्ट गर्ने र प्राइभेट की (Private key) ले सूचना अनलक गर्ने तथा डिक्रिप्ट गर्ने काम गर्दछन् ।

इन्ड-टु-इन्ड इन्क्रिप्सनको सिस्टममा आवद्द सम्पूर्ण प्रयोगकर्ताहरुको स्वतः पब्लिक अथवा प्राइभेट क्रिप्टोग्राफिक की बन्दछ । 

इन्ड-टु-इन्ड इन्क्रिप्सन ह्याक हुने सम्भावना छ ?

सुरक्षा जानकारका अनुसार यस्तो शृंखला जति मजबुत हुन्छ, कुनै भाग त्यति नै कमजाेर पनि हुन सक्छ । तसर्थ, खराव मनशाय बोकेका ह्याकरले कमजोर पक्षमाथि अट्याक गर्न पनि सक्छन । ह्याकरहरू सर्भर प्राप्त गर्न केन्द्रित हुन्छन् । यस्तो अवस्थामा स्टोर गरिएका डेटा असुरक्षित साबित हुन सक्दछन् ।

इन्ड-टु-इन्ड इन्क्रिप्सनले स्टोर गरिएका डेटाको सुरक्षा गर्दछ । यसले आफ्नो यात्राको क्रममा डेटाको सुरक्षा गर्दछ र यो अहिलेसम्मकै सुरक्षित उपलब्ध डेटा सेभर हो । डेटा इन्क्रिप्ट हुँदै गर्दा अट्याक हुन निकै चुनौतिपूर्ण नै हुन्छ ।

इन्ड-टु-इन्ड इन्क्रिप्सन किन आवश्यक छ !

इन्ड-टु-इन्ड इन्क्रिप्सनले प्रयोगकर्ताहरुलाई सुरक्षा प्रत्याभूत गराउनुका साथै कुनै तेस्राे पक्ष सामेल हुन नसक्ने, डेटा एक्सचेन्ज नहुने कुरामा निर्धक्क गराउँछ । जिमेल, याहु र माइक्राेसफ्टले प्रोभाइडरलाई प्रयोगकर्ताहरुको कन्टेन्ट उपलब्ध गराउँछन् र उनीहरुले डेटा कपी राख्छन् । यस्तो अवस्थामा प्रयोगकर्ताहरुको सूचना सेवाप्रदायकले पढ्न पनि सक्दछन् । 

तर व्यवस्थित इन्ड-टु-इन्ड इन्क्रिप्सन प्रणालीमा भने सेवाप्रदायकहरुसँग डिक्रिप्सन-की हुँदैन । 

सूचना/डेटा सुरक्षामा सुनिश्चतता, गोपनीयताको सुरक्षा, एडमिन सुरक्षा लगायतकाे काम गर्ने भएकाले यसकाे महत्व दिनदिनै बढिरहेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१