close

टाइपिङ स्पिड बढाउन उपयोगी ५ टुल

टेकपाना टेकपाना

पुस १६, २०७८ १०:४८

टाइपिङ स्पिड बढाउन उपयोगी ५ टुल

काठमाडौं । टाइपिङ स्पिड बढाउन सोचेजस्तो सजिलो छैन । यसको अर्थ यो पनि होइन कि, स्पिड बढाउन असम्भव छ । अनलाइनमा सित्तैमा केही यस्ता टुल छन्, जसले जोकोहीको टाइपिङ स्पिडमा चमत्कारिक परिवर्तन ल्याउन सक्छन् ।  

औसत व्यक्तिले प्रतिमिनेट ३८ देखि ४० शब्द टाइप गर्न सक्छ । तर यदि तपाईँले इमेल, ब्लग, सामाजिक सञ्जालका पोस्ट आदि लेख्न धेरै समय खर्च गर्नुहुन्छ भने तपाईँका लागि टाइपिङ टुलको प्रयोग उपयोगी हुनसक्छ । यसले टाइपिङ गति मात्रै नबढाई शुद्धता अर्थात् एक्युरेसीमा पनि सहयोग गर्छ । आज हामीले पाँच उपयोगी टाइपिङ स्पिड टेस्ट टुलहरूको सूची तयार पारेका छौँ, जुन इन्टरनेटमा निःशुल्क उपलब्ध छन् । तपाईँले आफ्नो टाइपिङ क्षमता कस्तो छ भनेर जाँच्नका लागि समेत यसको प्रयोग गर्न सक्नुहुनेछ । 

टाइपिङ स्पिड टुलले तपाईँको टाइपिङको गति कति छिटो र सही छ, बुझ्न मद्दत गर्दछ । हामीले समावेश गरेका टुलहरूमा टाइपिङ ट्युटर अर्थात् प्रशिक्षण फिचर पनि छन्, जसले तपाईँको शुद्धता र गति दुवैमा अधिकतम सुधार गर्न सहयोग गर्छन् ।

डब्ल्यु पी एम

‘डब्ल्यु पी एम’ भनेको वर्ड पर मिनेट अर्थात् शब्द प्रति मिनेट हो । यसको अर्थ एक मिनेट बराबर तपाईँले कति शब्द टाइप गर्न सक्नुहुन्छ । केही टाइपिङ स्पिड टेस्ट टुलले तपाईँको सटिकताको आधारमा ‘डब्ल्यु पी एम’ समायोजन गर्दछन् ।

१. राटा टाइप : यो एक सरल र निःशुल्क टाइप ट्युमर एवम् टाइपिङ स्पिड टेस्ट टुल हो । यसमा तपाईँले अङ्ग्रेजीका साथै अन्य केही भाषामा समेत छोटो अनुच्छेद टाइप गर्न सक्नुहुन्छ । यसमा कुनै पनि भाषा प्रयोगकर्ताका लागि निःशुल्क छन् । साथै प्रयोग गर्न सजिलो, सरल ईन्टरफेस भएको यो टुलमा आफ्नो पाठ्यक्रम पूरा गर्न प्रयोगकर्ताले साथीहरूसँग प्रतिस्पर्धा गर्न सक्छन् । यसका साथै कोर्स पुरा गरेको आधारमा प्रमाणपत्र समेत उपलब्ध गराउँछ । यसको अतिरिक्त राटा टाइपले Qwerty, azerty, र Dvorak  जस्ता विभिन्न किबोर्ड ले-आउटलाई सपोर्ट गर्दछ । प्रत्येक टाइपिङ कोर्समा २० लेसन रहेका छन् । प्रत्येक लेसन अन्तर्गत २५ वटा अभ्यासहरू समावेश छन् ।

२. टाइपिङ डटकम:  यो पनि निःशुल्क अनलाइन टाइपिङ ट्युमर र टाइपिङ टेस्ट टुल हो । यसमा तपाईँले परीक्षणका लागि दुई वटा विकल्प पाउनुहुन्छ । जसमा १, २ वा ३ मिनेटको समय परीक्षण अथवा १, २, वा ३ पृष्ठको पृष्ठ परीक्षण रहेका छन् । टाइपिङ ट्युटरले वृहत् कि बोर्डिङ कम्प्युटर बेसिक र प्राविधिक साक्षरता एवम् अनलाइन व्यवहार सुरक्षाका साथै कोडिङका आधारमा थुप्रै सुविधाहरू प्रदान गरेको छ ।

३. स्पिड टाइपिङ अनलाइन: यो एक निःशुल्क अनलाइन टाइपिङ ट्युमर र टाइपिङ स्पिड परीक्षण उपकरण हो । जसमा प्रयोग गर्न सजिलो इन्टरफेस समावेश छ  । साथै दर्ता भएका प्रयोगकर्ताले आफ्नो अनुकूलता अनुरूप उपलब्ध पाठ र राउन्डहरूको लम्बाइ सहित आफ्नो टाइपिङ परीक्षण गर्न सक्छन् । टाइपिङ ट्युटरले किबोर्ड आधारभूत पाठहरू प्रदान गर्दछ ।

४. टाइपिङ क्लब: यो वेब(आधारित टुल हो । यो व्यक्ति र विद्यालय दुवैका लागि निःशुल्क छ । साथै विद्यालयका लागि एक वैकल्पिक सशुल्क संस्करण पनि छ । तपाईँले टाइपिङ क्लब प्रयोग गर्नकै लागि भनेर अकाउन्ट भने बनाइरहनु पर्दैन । तर टाइपिङमा प्रति लेसन प्रगति विवरण राख्नका लागि भने प्रोफाइल सिर्जना गर्न सक्नुहुन्छ । जुन उपयोगी र आवश्यक पनि छ । तपाईँले टाइपिङमा फाइभ स्टार प्राप्त नगरुन्जेल लेसन अभ्यास गरिरहन सक्नुहुन्छ । टाइपिङ क्लबले कुनै पनि किसिमको छुट्टै टाइपिङ टेस्ट टुलचाहिँ दिएको छैन । तर प्रत्येक लेसनमा टाइपिङ टेस्टहरू छन्, जसले तपाईँको टाइपिङ कति सुधार हुँदै छ भनेर जानकारी दिन्छन् । साथै तपाईँले टाइपिङ क्लबको प्लेसमेन्ट परीक्षणको साथ नयाँ लेसन सुरु गर्न सक्नुहुन्छ ।

५.टेन फास्ट फिङ्गरः  यो टाइपिङ स्पिड टेस्ट टुलले दुई सय वटा अनियमित शब्दको प्रयोगद्वारा एक मिनेट परीक्षण गर्दछ । तपाईँले यी १० वटा परीक्षणहरू पूरा गरेपछि मात्रै एक हजार शब्द टाइपिङ गति परीक्षण लिन सक्नुहुनेछ । तपाईँलाई यसको विस्तृत सुविधाहरू उपयोग गर्न प्रोफाइल सिर्जना गरिरहन आवश्यक पर्दैन । यद्यपि आफ्नो प्रगति विवरण ट्र्याक गर्न जोकोहीले सम्भवतः प्रोफाइलको लागि साइन अप गर्न नै चाहन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२