close

विवरण भर्दा समेत राष्ट्रिय परिचयपत्र नम्बर पाउनु भएन ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

पुस २८, २०७८ १७:२०

विवरण भर्दा समेत राष्ट्रिय परिचयपत्र नम्बर पाउनु भएन ? यसो गर्नुहोस्

 काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रको वितरणलाई देशव्यापी बनाउँदैछ । यद्यपि परिचयपत्र वितरण गर्न केही समय लाग्ने भएकाले हाललाई राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध गराउन  थालिएको छ ।

ई-पासपोर्टका लागि अनिवार्य गरिएको राष्ट्रिय परिचयपत्र अब क्रमशः अन्य सेवामा समेत अनिवार्य गरिँदैछ । यस्तोमा तपाईंले पनि राष्ट्रिय परिचयपत्रका लागि विवरण तर्दा गर्नु भएको छ र राष्ट्रिय परिचयपत्र नम्बर पाउनु भएको छैन भने त्यसका लागि विभागले एसएमएस सेवा सुरु गरेको छ ।

यसका लागि मोबाइलको म्यासेज बक्समा गई N<स्पेस> १६ अङ्कको आवेदन नम्बर टाइप गरी ३०००१ मा म्यासेज गर्नु पर्नेछ । उदाहरणको लागि कसैको आवेदन नम्बर 1234567891234567 छ भने N 1234567891234567 टाइप गरी ३०००१ मा म्यासेज गर्नुपर्ने हुन्छ ।

म्यासेज गरे पश्चात पनि राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त नभएमा विभागले ह्वाट्सएपमार्फत सम्पर्क गर्ने व्यवस्था समेत मिलाएको छ । त्यसका लागि ह्वाट्सएपमा गएर बागमती र गण्डकी प्रदेशका नागरिकले ९८५१३१६०३४ र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकले ९८५१३१६०३५ मा आफ्नो कन्फर्मेसन पेज, रसिद वा म्यासेजको रेस्पोन्सको स्क्रिन शट लिएर पठाउनु पर्नेछ ।

हाल ७७ ओटै जिल्ला प्रशासन कार्यालय, १७ ओटा इलाका प्रशासन कार्यालय तथा नारायणहिटी दरबारमा रहेका स्टेसनहरूबाट विवरण भरी राष्ट्रिय परिचयपत्र नम्बर लिन सकिने व्यवस्था मिलाइएको छ । यसका साथै २५ ओटा जिल्लामा विवरण संकलन अभियान संकलन अभियान चलिरहेको छ भने हालसम्म करिब ५२ लाख नागरिकको वैयक्तिक तथा जैविक विवरण संकलन कार्य सम्पन्न भइसकेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२