close

समुद्री ज्वालामुखी विस्फोटसँगै टोङ्गामा इन्टरनेट र टेलिफोन बन्द, बढ्यो विश्व इन्टरनेट नेटवर्कको चिन्ता

टेकपाना टेकपाना

माघ ३, २०७८ १९:४८

समुद्री ज्वालामुखी विस्फोटसँगै टोङ्गामा इन्टरनेट र टेलिफोन बन्द, बढ्यो विश्व इन्टरनेट नेटवर्कको चिन्ता

काठमाडौं । शनिबार दक्षिण प्रशान्त महासागरमा पानी भित्र भएको ज्वालामुखी विस्फोटबाट विश्वको इन्टरनेट तथा दूरसञ्चार नेटवर्कमा चिन्ता थपिएको छ ।

दक्षिणी प्रशान्त क्षेत्रमा रहेको टोङ्गा टापू नजिकै भएको उक्त विस्फोटसँगै टोङ्गाको बाह्य इन्टरनेट र टेलिफोन सेवा ठप्प भएको छ । विश्वको ९५ प्रतिशत डेटा ट्रान्सफर नेटवर्क समुद्री फाइबर अप्टिक केबलमा निर्भर छ ।

संवेदनशील पूर्वाधार विच्छेद तथा अवरोध हुँदा यसले स्थानीय, क्षेत्रीय र विश्वव्यापी असर पार्न सक्ने देखिन्छ । टोङ्गा टापू नजिकै समुद्रमा भएको ज्वालामुखी विस्फोटसँगै समुद्री आँधीको विपत्ति सिर्जना भएको थियो ।

प्राकृतिक विपदबाट समुद्री केवल बिच्छेद भएको यो नै पहिलो पटक भने होइन र यो नै अन्तिम समेत हुने छैन । तलको भिडिओबाट तपाईंले विश्वभर समुद्री क्षेत्रमा उल्लेख्य रुपमा विच्छ्याइएका केबलहरू देख्न सक्नुहुन्छ । 

१९८९ यता आठ लाख ८५ हजार किलोमिटरभन्दा लामो समुद्री केबलको सञ्जाल तयार भइसकेको छ । यी केबल क्लस्टरको एउटा साँघुरो करिडोर छ, जसलाई संवेदनशील ‘चोक प्वाइन्ट’ भन्ने गरिएको छ ।

जहाँ ज्वालामुखी बिस्फोट, समुद्रभित्र आउने पहिरो, भुकम्प र समुद्री आँधी जस्ता प्राकृतिक विपदले प्रायः जोखिम पैदा गरिरहन्छ । गएको दशकमा मात्रै टोङ्गा विश्व समुद्री दूरसञ्चार नेटवर्कमा जोडिएको थियो ।

यो टापू विश्वसँग सञ्चार सम्पर्कका लागि स्याटलाइट र फिक्स्ड पूर्वाधारको तुलनामा अत्यधिक रुपमा समुद्री केबलमा निर्भर छ । टोङ्गाको अहिलेको अवस्था पूरै जलमग्न छ । जसले गर्दा थप विवरण निश्चित हुन अझै बाँकी छ ।

यो ज्वालामुखी विस्फोटनले टोङ्गालाई विश्वसँग जोड्ने ८७२ किलोमिटर लामो अप्टिकल फाइबर नेटवर्क नै टुक्राइदिएको छ । यसबाट निकै ठूलो असर परेको छ ।

अस्ट्रेलिया र न्युजिल्यान्डमा बस्ने टोङ्गानीहरूले आफ्नो मातृभूमिमा रहेका प्रियजनको अवस्था बुझ्न समेत पाएका छैनन् । त्यहाँको दूरसञ्चार सेवा बन्द भएको छ ।

अनलाइन तथा इन्टरनेट सेवाले काम गरेको छैन । जसले गर्दा टोङ्गाको जनजीवन अस्तव्यस्त बनेको छ ।

राजधानी नुकअल्फा र फिजीलाई जोड्ने एकमात्र केबल भएका कारण यस अघि नै टोङ्गाको सञ्चार सम्पर्क अवरुद्ध हुने जोखिम बढी रहेको थियो । जसको लम्बाइ ८०० किलोमिटर छ । उक्त पाइबर नेटवर्कले दुई टापूलाई जोड्ने काम गरेको  थियो ।

टोङ्गामा भएको यस घटनाले पुनः एकपटक विश्वको समुद्री केबल नेटवर्क कति कमजोर अर्थात सम्वेदनशील छ र कति चाँडै सारा विश्व अफलाइन जानसक्छ भन्ने कुरा सतहमा ल्याइदिएको छ ।

सन् २००९ मा भएको एउटा अध्ययनले थुप्रै प्रकारका प्राकृतिक विपत्तिले समुद्री दूरसञ्चार नेटवर्कको संवेदनशील पक्ष उजागर गरेको थियो । त्यसयता कुनै पनि परिवर्तन भने भएको छैन ।

केबल प्रविधि पृथ्वीको सतहमा रहेका कुनै दुई विन्दुलाई जोड्ने छोटो र सस्तो विकल्प हो । जुन निश्चित भौगोलिक अवस्थितिमा राखिएका हुन्छन् । जसले कुनै न कुनै ठाउँमा साँघुरो बाटो भएर गुज्रिनु पर्ने हुन्छ ।

यस्ता साँघुरा घाटीहरूमा (चोक प्वाइन्ट) का अन्य उदाहरण हुन्, हवाईं टापु, सुइज क्यानल, गम र इन्डोनेसियाको सुन्दा स्ट्रेइट । यी स्थान समेत ठूला किसिमका प्राकृतिक विपदबाट जोखिमपूर्ण मानिन्छन् ।

एक पटक केबल बिग्रिएपछि गहिराइ र कति सजिलै त्यहाँसम्म पुग्न सकिन्छ भन्ने आधारमा मर्मत सम्भारका लागि थुप्रै दिन अथवा हप्तौँ लाग्न सक्छ ।

सङ्कटको समयमा यस किसिमको अवरुद्ध अवस्थाले पुनःस्थापना तथा राहतका लागि गरिने सरकारी, आपतकालीन सेवालाई अझ कठिन बनाइदिन सक्छ ।

धेरैजसो समुद्री केबलहरू सक्रिय किसिमका ज्वालामुखी, चक्रवातबाट प्रभावित र भूकम्प गइरहने क्षेत्र नजिकै वा माथिबाट तानिएका छन् । सिड्नी र पर्थबाट गरिएको सानो मात्राको कनेक्सनका कारण अस्ट्रेलियामा समेत यस किसिमको जोखिम बढी छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२