close

मध्यरात यात्रुबाटै पठाओ राइडरको अपहरण, भाडाको साटो कुटपिट र लुटपाट गरी फरार

टेकपाना टेकपाना

माघ ९, २०७८ २१:२२

मध्यरात यात्रुबाटै पठाओ राइडरको अपहरण, भाडाको साटो कुटपिट र लुटपाट गरी फरार

काठमाडौं । गएराति ललितपुरमा पठाओ राइडरको अपहरण भएको छ । आइतबार राति करिब ११ बजेको समयमा काठमाडौं कोटेश्वरबाट धापाखेल पुर्‍याउन गएका २१ वर्षीय पठाओ राइडर यात्रुबाटै अपहरणमा परेका हुन् ।

प्रदेश ०२-०१-००१ प ११६६ नम्बरको पल्सर मोटरसाइकल चालक पठाओ राइडर सुमन तामाङ काठमाडौं बस्ने २५ वर्षका प्रवीन राइको अनुरोधमा कोटेश्वरबाट धापाखेल स्थिति आँखिदह पुर्‍याउन गएका थिए ।

तर भाडा दिनुको साटो सोही ठाउँमा पर्खिरहेका मीनराज राईसँग मिलेर यात्रुको रुपमा रहेका प्रवीन राईले पठाओ राइडर तामाङलाई कुटपिट  गरे । त्यसपछि राइडरको हात पछाडिबाट र खुट्टा समेत बाँधेर मुखमा पट्टी लगाइदिए अनि बाटोको तल एकान्त झाडीमा फालिदिए ।

त्यसपछि ती राइडरको मोटरसाइकल, ब्लुबुक, सामसङ ए ५० मोबाइल र धनमाल समेत लुटेर फरार दुवै जना भए । स्थानीयले राइडरलाई बाँधेर फालेको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

उक्त जानकारीको आधारमा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट प्रहरी नायब उपरीक्षक र महानगरीय प्रहरी परिसरको टोलीले उक्त विषयमा सूक्ष्म अनुसन्धान र खोजतलास अगाडि बढाएको  थियो ।

त्यसक्रममा काठमाडौं जिल्लाको बलम्बु स्थित चन्द्रागिरी रिकन्डिसन सोरुम नजिकैबाट लुटिएको सामान सहित दुवै जनालाई पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका प्रहरी उपरीक्षक शिद्धिबिक्रम शाहले टेकपानालाई जानकारी दिए । पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२