close

क्लासिक टेकको रिचार्जमा राउटर र सेट-टप बक्ससहित तीन महिनासम्म इन्टरनेट र टिभी निःशुल्क

टेकपाना टेकपाना

माघ १६, २०७८ ९:४

क्लासिक टेकको रिचार्जमा राउटर र सेट-टप बक्ससहित तीन महिनासम्म इन्टरनेट र टिभी निःशुल्क

काठमाडौं । इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले आफ्ना ग्राहकका लागि रिचार्ज अफर ल्याएको छ । यसअन्तर्गत रिचार्जमा १५ प्रतिशत क्याश डिस्काउन्ट सहित इन्टरनेट र आईपी टिभीमा बोनस प्रदान गरिएको छ ।

ग्राहकले वार्षिक रिचार्जमा तीन महिनाको इन्टरनेट निःशुल्क पाउनेछन् । साथै १७५ भन्दा बढी च्यानल भएको आईपी टिभी (लाइभ टिभी) सेवा पनि तीन महिनासम्म निःशुल्क पाउनेछन् ।

ग्राहकले रिचार्ज अफर अन्तर्गत नै तीन महिनाका लागि निःशुल्क अनलिमिटेड युट्युव पनि पाउने कम्पनीले जनाएको छ । साथै ग्राहकले ५ गिगाहर्ज ओएनयू मेश राउटर र स्मार्ट सेट-अप बक्ससमेत प्राप्त गर्नेछन् ।

यसैगरी आफ्ना साथीभाइ तथा आफन्तलाई इन्टरनेट जडानका लागि रिफर गर्दा रिफर गर्नेलाई कम्पनीले चार महिना इन्टरनेट तथा टिभी निःशुल्क उपलब्ध गराउने भएको छ । जसमा रिफर गर्ने व्यक्तिले दुई महिना इन्टरनेट र दुई महिना आईपी टीभी बोनस प्राप्त गर्नेछन्  ।

क्लासिक टेकले हाल १५०, २२५, ३२५, ६२५ र १००० एमबीपीएस गरी विभिन्न इन्टरनेट प्याकेज उपलब्ध गराउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५