close

युरोपमा फेसबुक र इन्स्टाग्राम बन्द गर्ने मेटाको धम्की 

टेकपाना टेकपाना

माघ २४, २०७८ १८:१०

युरोपमा फेसबुक र इन्स्टाग्राम बन्द गर्ने मेटाको धम्की 

काठमाडौं । मेटाले युरोपबाट आफ्नो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम बन्द गर्ने चेतावनी दिएको छ । आफ्ना प्रयोगकर्ताहरूको डेटा प्रोसेस (ट्रान्सफर) गर्न अनुमति नदिएको खण्डमा युरोपमा फेसबुक र इन्स्टाग्राम दुवै बन्द गर्ने धम्कीले मेटाले दिएको हो ।

मेटाले अमेरिकाको सेक्युरिटी एण्ड एक्सचेन्ज कमिसनमा बुझाएको रिपोर्टमा यस्तो कुरा उल्लेख छ । युरोप र अमेरिकामा आफ्नो प्रयोगकर्ताको डेटा प्रोसेस गर्नु कम्पनीको व्यवसायको लागि र यसको विज्ञापन लक्षित व्यवसायका लागि पनि महत्त्वपूर्ण रहेको मेटाले साे रिपोर्टमा दाबी गरेको छ ।

युरोपियन युनियनको कानूनले आफ्ना नागरिकको डेटा युरोपमा अवस्थित सर्भरहरूमा मात्र प्रोसेस गर्ने अनुमति दिन्छ । यस विषयमा अमेरिका र युरोपबीचमा भएको पछिल्लो डेटा ट्रान्सफरसम्बन्धी साझेदारी/सम्झौताहरूले पनि यसलाई मान्यता दिएको छ ।

यही कुरा अहिले मेटाका लागि समस्याको विषय बनेको छ । यद्यपि २०२२ मा दुई देशबीच नयाँ सम्झौता हुने मेटाको विश्वास छ ।

यो विवादमा कम्पनीले आफ्नो च्याटिङ प्लेटफर्म ह्वाट्सएपलाई भने जोडेको छैन । किनभने धेरैजसो युरोपेली देशमा ह्वाट्सएप त्यति प्रचलनमा छैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२