close

सामसङ ग्यालेक्सीको सोर्स कोड सहित २०० जीबी डेटा चोरी

टेकपाना टेकपाना

फागुन २३, २०७८ २१:२५

सामसङ ग्यालेक्सीको सोर्स कोड सहित २०० जीबी डेटा चोरी

काठमाडौं । ह्याकरहरूले सामसङ ग्यालेक्सी डिभाइसमार्फत कम्पनीको आन्तरिक डेटा र सोर्स कोड चोरी गरेका छन् ।

केही दिनअगाडि मात्र दक्षिण अफ्रिकाको ल्याप्सस (Lapsus$) नामक ह्याकिङ समूहले यो घटनामा आफू जिम्मेवार रहेको बताएका थियाे ।

यद्यपि कम्पनीबाट पनि पुष्टि भइसकेको थिएन । एक विज्ञप्ति जारी गर्दै ह्याक गर्ने समूहले ग्यालेक्सी हार्डवेयरमा इन्क्रिप्शन र बायोमेट्रिक अनलक गर्ने कार्यका लागि सामसङले प्रयोग गरेको सोर्स कोडसहित लगभग २०० जीबी डेटा चोरी भएको बताएको थियाे ।

कम्पनीले एनभिदियाको डेटा चोरी गरेकै ह्याकरले आफ्नो डेटा पनि चोरी गरेको औपचारिक रुपमा विज्ञप्तिमा उल्लेख नगरे पनि हालै एनभिदिया ह्याक गर्ने ह्याकहरूले भने यस विषयमा पहिले नै जानकारी गराएका थिए ।

यद्यपि कर्मचारी वा ग्राहकको कुनै पनि व्यक्तिगत डेटा भने नलिइएको कम्पनीले बताएको छ । कम्पनीले आन्तरिक डेटा सुरक्षा कमजोरीका कारण कम्पनीको डेटा चोरी भएको विज्ञप्तिमा उल्लेख गरेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२