close

ओप्पो ए७६ नेपाली बजारमा, ५ मिनेट चार्ज गर्दा साढे ३ घण्टाको टकटाइम

टेकपाना टेकपाना

चैत ८, २०७८ १८:५५

ओप्पो ए७६ नेपाली बजारमा, ५ मिनेट चार्ज गर्दा साढे ३ घण्टाको टकटाइम

काठमाडौं । नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओप्पो ए७६’ भित्रिएको छ । ६.५६ इञ्चको पञ्चहोल स्क्रिन भएको यो फोनमा ९० हर्ज रिफ्रेश रेट र १८० हर्ज टच स्याम्प्लिङ रेट डिस्प्ले उपलब्ध छ ।

प्रयोगकर्तालाई उत्पादनमूलक रहन तथा आवश्यकता पर्दा मनोरञ्जन प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यसमा ३३ वाट सुपरभोक चार्जिङ सुविधा सहित ५,००० एमएएच क्षमताको ब्याट्री दिइएको कम्पनीले जनाएको छ ।

साथै फिङ्गरप्रिन्ट र धुलो प्रतिरोधात्मक रहेको यो फोन ग्लोइङ्ग ब्ल्यू (निलो) र ग्लोइङ्ग ब्ल्याक (कालो) गरी दुई रंगमा उपलब्ध छ

पहिलेका फोनको तुलनामा ए७६ मा अझ हल्का, चहकिलो र थप टेक्सचर्ड रहेको कम्पनीको दावी छ ।

‘फोनको साइडमा दिइएको पातलो फिङ्गरप्रिन्ट सेन्सर र बटनले फोनलाई थप हल्का, पातलो, बोक्दा आरामदायी र हेर्दा थप आकर्षक बनाएको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसमा रहेको फास्ट चार्जिङ प्रविधिको सहायताले फोनलाई मात्र ५ मिनेट चार्ज गर्दा ३.५ घण्टाको टकटाइम पाउन सकिने पनि कम्पनीले जनाएकाे छ ।

‘ओप्पोले हार्डवेयरका साथै सुपर पावर सेभिङ मोड, सुपर नाइट टाइम स्ट्यान्डबाई र अप्टिमाइज्ड नाइट चार्जिङ लगायत फिचर मार्फत ब्याट्रीको क्षमतामा सुधार दिँदै टिकाउ तथा सुरक्षित प्रयोग अनुभवको सुनिश्चितता प्रदान गरेको छ,’ कम्पनीले भनेकाे छ ।

क्वालकम स्न्यापड्रागन ६८० बाट सञ्चारित ओप्पो ए७६ मल्टिटास्किङका लागि समेत उपयुक्त रहेको कम्पनीको भनाइ छ ।

६ जीबी+१२८ जीबी क्षमताका साथमा सार्वजनिक फोनमा थप स्टोरेजका लागि १ टीबी क्षमतासम्मको माइक्रो एसडी प्रयोग गर्न सकिन्छ ।

ओप्पो ए७६मा रहेको कलरओएस ११.१ मा समाहित बुलेट स्क्रिन म्यासेज, फ्लेक्स ड्रप, थ्री–फिंगर ट्रान्सलेट विथ गुगल लेन्स र सुधारिएकाे प्राइभेसी फिचर लगायतले प्रयोगकर्तालाई सहज र सुदृढ प्रयोग अनुभव प्रदान गर्ने कम्पनीकाे विश्वास छ ।

साथै, लिंक बुस्ट २.० ले उच्च गतिको इन्टरनेटको मज्जा पस्कने कम्पनीको दावी छ ।

फोनमा १.१२ माइक्रोन र एफ२.० एपर्चर सहितको ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ । यसबाट ३२६४x२४४८ रेजोलुसन सहितको पोट्रेट शट्स लिन सकिन्छ ।

फोनको पछाडि रहेका डुअल रियर क्यामेरा सेटअपमा माथिल्लोपट्टि १२ मेगापिक्सेल एफ२.२ मेन सेन्सर र तलपिट्ट सेकेन्डरीका रुपमा २ मेगापिक्सेल बोके क्यामेरा उपलब्ध छ ।

यो क्यामेराले सिक्सएक्स डिजिटल जुम र लगातार २० वटा कन्टिनुअस ब्रस्ट शट्स सपोर्ट गर्ने जनाइएकाे छ । यसमा रहेका फ्रन्ट र रियर दुवै क्यामेराले एचडीआर सपोर्ट गर्छन् ।

याे फाेनकाे बजार मूल्य २९ हजार ९९० ताेकिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२