ट्रेन्डिङ:
अब उपत्यका बाहिर पनि सीजीनेटको इन्टरनेट, एकसाथ ४ स्थानबाट सुरु फेसबुकले सार्वजनिक गर्यो कोल्याब म्युजिक एप ट्रान्सपरेन्ट ब्याकग्राउन्डमा फोटो बनाउने तरिकाहरू आईफोन १४ सिरिजको माग घट्दा उत्पादन बढाउने योजनाबाट पछि हट्यो एप्पल एप्पल स्टोरमा भएका एपले डेटाको प्रयोजन खुलाउनै पर्ने बन्द भयो ग्लोबल आईएमईको १० वर्ष पुरानो मोबाइल बैंकिङ एप, नयाँ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्न आग्रह प्रेमगीत ३ को हिन्दी संस्करण अनलाइनमा लिक ड्राइभिङ लाइसेन्सका लागि शुक्रबारदेखि कोटा सिस्टम हट्ने, यसरी भर्नुहोस् फर्म ५० मेगापिक्सेल क्यामेरा भएको 'ओप्पो ए१७' बजारमा लाइसेन्स जोगाइदिन मन्त्री बास्कोटा समक्ष स्मार्टको गुहार
close

अब उपत्यका बाहिर पनि सीजीनेटको इन्टरनेट, एकसाथ ४ स्थानबाट सुरु

टेकपाना टेकपाना

बैशाख ३, २०७९

अब उपत्यका बाहिर पनि सीजीनेटको इन्टरनेट, एकसाथ ४ स्थानबाट सुरु

काठामाडौं । सस्तो मूल्यमा हाई स्पिड इन्टरनेट स्पिडसँगै नेपालको इन्टरनेट बजार आक्रामक रुपमा सुरु भएको सीजीनेटको इन्टरनेट सेवा अब उपत्यका बाहिर समेत उपलब्ध हुन थालेको छ । कम्पनीले हेटौँडा, नवलपुर, बुटवल र भैरहवाबाट एकसाथ सेवा सञ्चालनमा ल्याएको हो ।

गत वर्षको जेठ १८ मा सेवा सुरु गरेको कम्पनीले नेपालको इन्टरनेट बजारलाई नै उथलपुथल बनाइदिएको छ । चौधरी ग्रुप अन्तर्गतको कम्पनीले चनौती खडा गरेसँगै अहिले बजारमा इन्टरनेट स्पिड वार नै चलिरहेको छ ।

जसले अनुरूप विभिन्न इन्टरनेट सेवाप्रदायक कम्पनीहरू सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट प्याकेज ल्याउन थालेका छन् । सुरु भएको करिब एक वर्षसम्म उपत्यकाभित्र सीमित सीजीनेटको सेवा अब भने बाहिरी जिल्लामा समेत पुग्न थालेको हो ।

सीजीनेटले हाल ९९९ रुपैयाँमा १२० एमबीपीएस तथा ६४९ रुपैयाँमा ५० एमबीपीएस गतिको इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले अहिले मार्केटिङको नयाँ शैली समेत अपनाउन थालेको छ । जसअनुसार ग्राहकहरूले निःशुल्क रुपमा १५ दिनको इन्टरनेट ट्रायल गर्न सक्नेछन् ।

१५ दिनको अनुभवको आधारमा कम्पनीको सेवा लिने कि नलिने भन्ने निर्णय लिन सहज हुने बताइएको छ । हाल इन्टरनेट सेवाको प्याकेजमात्र उपलब्ध गराइरहेको सीजीनेटले प्रतिस्पर्धी बजारमा चाँडै नै आफ्नो आईपीटिभी सेवा समेत ल्याउने तयारी थालेको छ ।