close

ट्वीटरमा भन्दा फुटबल क्लबमा लगानी गर्न मस्कलाई युनाइटेड फ्यानको सुझाव

टेकपाना टेकपाना

बैशाख ३, २०७९ १४:४७

ट्वीटरमा भन्दा फुटबल क्लबमा लगानी गर्न मस्कलाई युनाइटेड फ्यानको सुझाव

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कलाई म्यानचेस्टर युनाइटेडका फ्यानले ट्वीटरभन्दा फुटबल क्लब किन्न सुझाव दिएका छन् ।

टेस्ला र स्पेसएक्सका मालिक एवं करिब २६५ अर्ब डलर आम्दानी भएका ५० वर्षीय मस्कले ट्वीटरकाे पुरा कम्पनी नै खरिद गर्ने इच्छा व्यक्त गरेका छन् ।

यद्यपि आफ्नो यो प्रस्ताव पूरा हुने वा नहुने भन्ने विषयमा मस्क आफैं पनि निश्चित छैनन् ।

यसैबीच म्यानचेस्टर युनाइटेडका फ्यानहरूले भने क्लबका सञ्चालकले क्लबलाई राम्रोसँग सञ्चालन गर्न नसकेको भन्दै बरु युनाइटेड क्लब खरिद गरेर आफ्नो भाग्य प्रयोग गर्न मस्कलाई आग्रह गरेका छन् ।

उनको भाग्यका कारण क्लब पनि राम्रो हुनेभन्दै फ्यानहरूले यस्तो आग्रह गरेका हुन् ।

एकपछि अर्को गर्दै पाएको असफलताको बीच ग्लेजर परिवारको स्वामित्वविरूद्ध विरोध गर्न युनाइटेडका दर्जनौं फ्यानहरू क्लबको क्यारिंगटन प्रशिक्षण मैदान पुगेका थिए ।

‘ग्लेजर्स आउट’ र ‘अपमान सहन उपयुक्त छैन’ लेखिएका ब्यानरहरू परिसरको गेट बाहिर राखिएको थियो ।

बिग्रदै गएको क्लबको अवस्था हेरेर धेरै प्रशंसकहरू क्लब बिक्री भएकाे हेर्न चाहन्छन्, र धेरैले क्लब खरिद गर्न सामाजिक सञ्जाल मार्फत मस्कलाई आग्रह गरिरहेका छन् ।

सामाजिक सञ्जालमा ट्वीटर खरिद गर्ने आफ्नो प्रस्ताव फिर्ता लिन र म्यानचेस्टर युनाइटेड खरिद गरी यसको सफलताको कुरा भविष्यमा घमण्डका साथ ट्वीटरमा लेख्न मस्कलाई सुझाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२