close

नेपालका १० पब्जी टिम पीएमपीएलको फाइनलमा

टेकपाना टेकपाना

बैशाख ५, २०७९ १४:२३

नेपालका १० पब्जी टिम पीएमपीएलको फाइनलमा

काठमाडौँ । पब्जी माेबाइलको दक्षिण एसियाली प्रतियोगिता पब्जी मोबाइल प्रो लिगको साउथ एसिया स्प्रिङ (पीएमपीएल) जारी छ । कूल २० टिमले सहभागिता जनाएको यो प्रतियोगितामा नेपालबाट नै ११ टिमले भाग लिएका छन् ।

नेपालबाट डीआरएस गेमिङ, टिटुके ईस्पोर्टस, ज्यानमारा ईस्पोर्टस, स्काइलाइट गेमिङ, डेडआइज गाइज, द एट्राक्स ईस्पोर्टस, भाइब्स ईस्पोर्टस, इलेमेन्ट्रिक्स, हाइ भोल्टेज, सेभेन सी ईस्पोर्टस र रअ ईस्पोर्टस टिम सहभागी छन् ।

प्रतियोगितामा अहिले सुपर विकेन्ड ३ सकिएको छ । सुपर विकेन्ड ३ सकिँदा सिल ईस्पोर्टस पहिलो स्थानमा छ । नेपाली टिमहरुको कुरा गर्नुपर्दा भाइब्स ईस्पोर्टस अहिले तेस्रो स्थानमा छ ।

साथै टिटुके ईस्पोर्टस, डीआरएस गेमिङ क्रमशः पाँचौ र छैटौं स्थानमा रहेका छन् ।

यसैगरी डेडआइज गाइज, स्काइलाइट गेमिङ, हाइ भोल्टेज, रअ ईस्पोर्टस, सेभेन सी ईस्पोर्टस,ज्यानमारा ईस्पोर्टस, इलेमेन्ट्रिक्स, द एट्राक्स ईस्पोर्टस  क्रमशः सातौं, आठौं, ११औं, १३औं, १४औं, १५औं, १६औं र १७ औँ स्थानमा छन् ।

शीर्ष स्थानमा रहेको सिल ईस्पोर्टसले ४५ गेममा पाँच चिकेन डिनर र २६९ इलिमिनेशन सहित ५३९ पोइन्ट प्राप्त गरेकाे छ ।

तेस्रो स्थानमा रहेको नेपाली टिम भाइब्स ईस्पोर्टसको भने ४५ गेममा तीन चिकेन डिनर र १९४ इलिमिनेशन सहित ४५४ पोइन्ट रहेको छ ।

सुपर विकेन्ड ३ सकिएसँगै शीर्ष १६ मा रहेका टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनलका लागि नेपालबाट भाइब्स ईस्पोर्टस, टिटुके ईस्पोर्टस, डीआरएस गेमिङ, डेडआइज गाइज, स्काइलाइट गेमिङ, हाइ भोल्टेज, रअ ईस्पोर्टस, सेभेन सी ईस्पोर्टस, ज्यानमारा ईस्पोर्टस र इलेमेन्ट्रिक्सले प्रतिस्पर्धा गर्दैछन् ।

फाइनल चरणकाे खेल साेमबार नेपाली समयअनुसार बेलुकी ८ः४५ देखि सुरू हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२