close

अन्तत: ५४ खर्बमा एलन मस्कले किन्ने भए ट्वीटर

टेकपाना टेकपाना

बैशाख १३, २०७९ ९:०

अन्तत: ५४ खर्बमा एलन मस्कले किन्ने भए ट्वीटर

काठमाडौं । अन्ततः एलन मस्कले लोकप्रिय सोसल मिडिया प्लेटफर्म ट्वीटर खरिद गर्ने भएका छन् । ट्वीटर इंकले आफ्नो कम्पनी ४४ अर्ब डलर (करिब ५४ खर्ब रूपैयाँ) मा मस्कलाई बेच्न सहमति जनाएको हो ।

सोमबार भएको सम्झौता अनुसार मस्कले प्रतिकित्ता ५४.२० डलरमा कम्पनीको पुरै शेयर किन्ने भएका छन् । गत महिनामात्रै मस्कले ट्वीटरको सर्वाधिक शेयर खरिद गरेका थिए ।

त्यसलगत्तै उनले कम्पनी नै निजी बनाउने गरी सबै शेयर किन्ने प्रस्ताव पठाएका थिए । मस्कको प्रस्ताव अनुरुप नै ट्वीटरले कम्पनी बेच्न सहमति जनाएको हो ।

१६ वर्षअघि स्थापना भएको ट्वीटर विश्वकै लोकप्रिय सोसल मिडिया प्लेटफर्मका रूपमा स्थापित छ । स्वतन्त्र अभिव्यक्तिका लागि ट्वीटरले कम्पनीको कन्टेन्ट मोडेरेसन विचारमा खुला रूपमा पारदर्शिता बढाउनुपर्ने धारणा व्यक्त गर्दै आएका मस्कले अन्ततः ट्वीटर नै खरिद गर्ने पक्का भएको छ ।

उनले ट्वीटर इंकसँगको संयुक्त वक्तव्यमा ट्वीटरलाई पहिलेभन्दा अझ राम्रो बनाउने बताएका छन् । यसैबीच मस्कले ट्वीटर किन्ने खबर बाहिरिएसँगै कम्पनीको शेयर लगातार बढेको सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२