close

ईसेवाको सक्रिय जिम्मेवारीबाट बाहिरिए अस्गर अली

टेकपाना टेकपाना

बैशाख १६, २०७९ १४:४४

ईसेवाको सक्रिय जिम्मेवारीबाट बाहिरिए अस्गर अली

काठमाडौं । ईसेवाका संस्थापक तथा पूर्व प्रमुख कार्यकारी अधिकृत अस्गर अली ईसेवाको सक्रिय जिम्मेबारीबाट बाहिरिएका छन् । अलीले बैशाख १२ गतेबाट लागू हुने गरी ईसेवाको सञ्चालक पदबाट राजीनामा दिएका हुन् ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आईटी विज्ञका रुपमा नियुक्त भएसँगै उनले कम्पनीको सीईओ पदबाट राजीनामा दिए । त्यसपश्चात उनी कम्पनीको सञ्चालकको रुपमा सक्रिय थिए । 

उनी हाल नेकपा एमालेको सञ्चार तथा सूचना प्रविधि सम्बन्धी काममा पनि सक्रिय छन् । अलीले कम्पनीको सक्रिय जिम्मेवारी छाडेको बिषयमा ईसेवाले औपचारिक रुपमा जानकारी सार्वजनिक गरिसकेको छैन । 

अलीको राजीनामासँगै ईसेवाको सञ्चालकमा पूर्व बैंकर पर्शुराम कुँबर क्षेत्री नियुक्त भएका छन् । क्षेत्रीलाई सञ्चालक समितिको बैठकले ईसेवाको अध्यक्ष बनाउने निर्णय लिइसकेको छ ।

नवनियुक्त अध्यक्ष क्षेत्रीले चाँडै राष्ट्र बैंक समक्ष पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम रहेको कम्पनी स्रोतले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२