close

साओमीको साढे ८८ अर्ब बराबरको सम्पत्तिमाथि भारतको कब्जा

टेकपाना टेकपाना

बैशाख १८, २०७९ १२:४१

साओमीको साढे ८८ अर्ब बराबरको सम्पत्तिमाथि भारतको कब्जा

काठमाडौं । भारतको सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित सरकारी निकायले साओमी इन्डियाको ७२ कराेड ५० लाख डलर (८८ अर्ब ६२ करोड भन्दा बढि) बराबरको सम्पत्ति जफत गरेको छ ।

देशको विदेशी मुद्रा विनिमयसँग सम्बन्धित कानून तोडेको भन्दै भारतीय सरकारले साओमीको सम्पत्ति जफत गरेको हो ।

भारतको राजश्व विभाग अन्तर्गतको ‘डाइरेक्टोरेट अफ इन्फोर्समेन्ट’ का अनुसार भारतस्थित साओमीले रोयाल्टी भुक्तानीको नाममा ती विदेशी संस्थाहरूलाई ७२ करोड ५० लाख अमेरिकी डलर रेमिट्यान्समार्फत बाहिर पठाएको पत्ता लागेपछि साओमीको बैंक अकाउन्टहरू बन्द गरिएको हो ।

डाइरेक्टोरेटका अनुसार साओमीले आफ्नो मूल कम्पनीको आदेशमा त्यति ठूलो रकम देशबाहिर पठाएको हो । साथै कम्पनीले यति ठूलो रकम रेमिट्यान्स मार्फत पठाउदा बैंकहरूसँग झुट बोलेको पनि भेटिएको छ ।

यद्यपि साओमीले भने एक विज्ञप्ती जारी गर्दै कम्पनीले कुनै गैरकानूनी काम नगरेको दाबी गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२