close

एलन मस्कका ट्वीटर फलोअरमध्ये आधा ‘फेक’ भएको दाबी

टेकपाना टेकपाना

बैशाख २०, २०७९ ८:२६

एलन मस्कका ट्वीटर फलोअरमध्ये आधा ‘फेक’ भएको दाबी

काठमाडौं । के विश्वकै सबैभन्दा धनी व्यक्ति तथा ट्वीटरका नयाँ मालिकको ट्वीटर अकाउन्टमा आधा फलोअर फेक हुन् ? एउटा अनलाइन अडिटिङ टुल कम्पनीले यो  विषयलाई लिएर निकै ठूलो दाबी गरेको छ ।

एलन मस्कका फलोअरसँग जोडिएको यो खबर त्यतिखेर बाहिर आएको छ, जतिखेर उनले ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर कम्पनी खरिद गरेका छन् । अनलाइन अडिटिङ टुल कम्पनी स्पार्कटोरोले यस्तो दाबी गरेको छ कि एलन मस्कको ट्वीटरमा रहेका नौ करोड फलोअर मध्ये ५३.३ प्रतिशत फेक रहेका छन् ।

अर्थात् उनलाई फलो गर्ने आधाभन्दा बढी अकाउन्ट या त स्पाम अकाउन्ट रहेका छन् वा एक पटक अकाउन्ट बनाइसकेपछि लामो समयदेखि निष्क्रिय छन् । कम्पनीका अनुसार यो टुलको सहयोगमा कुनै पनि ट्वीटर प्रयोगकर्ताका कति फलोअर फर्जी वा निष्क्रिय छन् भन्ने कुरा जाँच गर्न सकिन्छ ।

द इन्डिपेन्डेन्टसँग कुरा गर्दै स्पार्कटोरो कम्पनीका प्रवक्ताले भनेका छन्, ‘हामीले एलन मस्कका फलोअर्सको बारेमा जानकारी लिनका लागि १० हजार अकाउन्टबाट अनियमित तवरमा दुई हजारलाई विभिन्न २५ मानकमा राखेर विश्लेषण गरेका छौँ ।

जसबाट कति स्पाम छन्, कति बोट तथा कति कति गुणस्तरिय अकाउन्ट छन् भन्ने कुरा चेके गर्‍यौँ । यो विश्लेषणको आधारमा एलन मस्कका कूल फलोअरमध्ये ५३.३ प्रतिशत अकाउन्ट फर्जी रहेको निष्कर्षमा पुगेका हौँ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२