close

तपाईंको इन्टरनेट स्पिड कति छ ? यस्ता छन् जाँच गर्ने ५ उपयुक्त विकल्प

टेकपाना टेकपाना

बैशाख २४, २०७९ ११:२४

तपाईंको इन्टरनेट स्पिड कति छ ? यस्ता छन् जाँच गर्ने ५ उपयुक्त विकल्प

काठमाडौं । डिजिटल युगको विकाससँगै कार्यालयमै गएर काम गर्नुपर्ने बाध्यता हट्दै गएको छ । विशेषगरी कोरोना महामारीपछि त झन् घरमै बसेर काम गर्ने प्रचलन बढ्दो छ ।

कहिलेकाहिँ घरबाट बाहिर बसेको बेलामा पनि कतै कफी शपतिर बसेर काम गर्नुपर्ने स्थिति आउन सक्छ । यस्तोमा इन्टरनेट स्पिडका कारणले आफ्नो काममा कुनै बाधा नआओस् भन्ने उद्देश्यले इन्टरनेट स्पिड परीक्षण गर्न सकिन्छ ।

हुन त इन्टरनेट स्पिड जाँच गर्न बजारमा धेरै एप छन् । तीमध्ये पाँच राम्रा एपको बारेमा यहाँ उल्लेख गरिएको छ । 

मिटियर वाई-फाई स्पिड टेस्ट (Meteor WiFi speed test)

मिटियर वाई-फाई स्पिड टेस्ट मोबाइल एपले तपाईंको नेटवर्कको इन्टरनेट स्पिड, डाउनलोड र अपलोडको स्पिडसँगै पिङ पर्फर्मेन्स पनि देखाउँछ ।

Cover art

त्यस्तै यो एपले छुट्टाछुट्टै एप वा वेबसाइट जस्तै युट्युव, स्ल्याक, फेसट्याइम लगायतको फरक-फरक पर्फर्मेन्स जाँच पनि गर्छ । यो एप्पल एप स्टोरगुगल प्ले स्टोर दुवैमा उपलब्ध छ । 

ओक्ला (Ookla)

इन्टरनेट स्पिड टेस्ट गर्ने अर्को एकदमै चर्चित एप हो, ओक्ला । यो एप डेस्कटप र मोबाइल दुवैमा उपलब्ध छ । यो एपले इन्टरनेटको स्पिडसँगै इन्टरनेटको स्ट्रिमिङ पर्फर्मेन्स र अन्य पर्फर्मेन्सहरू जाँच गर्न सकिन्छ ।

Cover art

यसले पनि डाउनलोड, अपलोडको विवरणका साथै पिङ र प्याकेट लस लगायतको विवरण दिन्छ । यो एप एप्पल एप स्टोरगुगल प्ले स्टोरमा उपलब्ध छ  ।    

फास्ट स्पिड टेस्ट (FAST Speed Test)

नेटफ्लिक्सले विकास गरेको ‘फास्ट स्पिड टेस्ट’ पनि इन्टरनेट स्पिडका लागि चर्चित मानिएको एप हो । यो मोबाइल र वेबसाइट दुवैमा उपलब्ध छ ।

Cover art

यो एपले एप स्टोरमा पाँचमा ३.४ स्टार रेटिङसम्म पाएको छ भने प्ले स्टोरमा ४.४ स्टार रेटिङ सम्म पाएको छ । यो अन्यभन्दा सहज एप भएपनि यसमा अरु एप जस्तो धेरै फिचर भने छैन । एप स्टोरमा यहाँ र प्ले स्टोरमा यहाँ क्लिक गरेर यो एप डाउनलोड गर्न सकिन्छ ।  

इन्टरनेट स्पिड टेस्ट स्पिडचेक (Internet Speed Test Speedcheck)

यो एपले इन्टरनेट स्पिडसँगै फरक फरक गतिविधि जस्तै ईमेल, ब्राउजर, गेमिङ, स्ट्रिमिङ र भिडिओको पर्फर्मेन्स कस्तो छ भनेर पाँच अंकको रेटिङसहित विवरण देखाउँछ ।

Cover art

यसले इन्टरनेटको पहिलेको स्पिड, पर्फर्मेन्स र इन्टरनेट प्रयोगको विवरण पनि उपलब्ध गराउँछ । यो एप एप स्टोरप्ले स्टोरमा उपलब्ध छ ।  

स्पिड टेस्ट मास्टर (SpeedTest Master)

स्पिड टेस्ट मास्टरले इन्टरनेटको अपलोड, डाउनलोड स्पिड साथै जिटर र प्याकेट लसको पनि विवरण दिन्छ । त्यस्तैगरी वाई-फाई सिग्नल बुस्ट गर्नको लागि पनि यो एपमा इनएप पेज उपलब्ध छ ।

Cover art

यसमा वाई-फाई डिटेक्टर र लोकेट नियरबाई कनेक्टिभिटी फिचरहरू पनि छन् । यो पनि एप स्टोर प्ले स्टोरमा उपलब्ध छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२