close

गुगलको डेभलपर कन्फ्रेन्स ‘गुगल आई/ओ’ आज, के के आउँदैछन् नयाँ उत्पादन 

टेकपाना टेकपाना

बैशाख २८, २०७९ १७:३५

गुगलको डेभलपर कन्फ्रेन्स ‘गुगल आई/ओ’ आज, के के आउँदैछन् नयाँ उत्पादन 

काठमाडौं । गुगलले हरेक वर्ष आयोजना गर्ने डेभलपर कन्फ्रेन्स ‘गुगल आई/ओ’ आज हुँदैछ । यो अवसरमा गुगलले विभिन्न सफ्टवेयर तथा हार्डवेयर उत्पादन सार्वजनिक गर्दैछ ।

यो विषयमा धेरै अगाडिदेखि नै चर्चा चल्दै आएको छ भने कतिपय जानकारीहरू पहिले नै बाहिरिएको छ । यद्यपि आजको कार्यक्रमबाट कस्ता उत्पादन सार्वजनिक हुनसक्छन् भन्ने विषयमा यहाँ उल्लेख गरिएको छ । 

एन्ड्रोइड १३ 

गुगलको सबैभन्दा चर्चामा रहेको उत्पादन हो यसको अपरेटिङ सिस्टमको नयाँ भर्सन । कम्पनीले हालै मात्र एन्ड्रोइड १३ को बेटा भर्सन सार्वजनिक गरेको थियो । आजको इभेन्टमार्फत भने यसको फुल भर्सन सार्वजनिक हुने अनुमान गरिएको छ ।

हुन त बेटा भर्सनबाट नै एन्ड्रोइड १३ मा कस्ता फिचरहरू छन् भन्ने विषयमा जानकारी भइसकेको छ । तर यसको फुल भर्सनको बारेमा भने थप नयाँ कुरा थाहा पाउन सकिने बताइएको छ ।

एन्ड्रोइन १२ को तुलनामा यो धेरै उत्कृष्ट हुने बताइएको छ । यसमा ट्याप टु ट्रान्सफर, मटेरियल युमा कलर अप्सन, अप्ट-इन नोटिफिकेसन, क्यूआर कोड स्क्यानर, ‘प्यानलिंगुअल’ फिचर लगायतका फिचर उपलब्ध हुने बताइएको छ । 

वेयर ओएस ३ 

गत वर्षको गुगल आई/ओ इभेन्टमा नै वेयर ओएस ३ को विषयमा धेरै चर्चा भएको थियो । यो वर्ष धेरै वेयर ओएस घडीहरूमा यो नयाँ ओएसहरू उपलब्ध हुने भएको छ । यसको घोषणा गत वर्ष नै भइसकेको थियो ।

यसैले पनि प्रयोगकर्ताहरू वेयर ओएस ३ को पर्खाइमा छन् । यो सामसङसँगको सहकार्यमा विकास गरिएको हो । यसमा प्ले स्टोर, गुगल म्यासेज लगायतका विभिन्न एपहरू पनि उपलब्ध हुने बताइएको छ । 

पिक्सेल वाच 

पिक्सेल वाच नेपालमा त्यति चर्चामा छैन तर अन्तर्राष्ट्रिय बजारमा पिक्सेल वाचको माग पनि राम्रै छ । पहिले नै बजारमा बाहिरिएको चर्चा अनुसार आजको इभेन्टमा पिक्सेल वाच पनि सार्वजनिक हुनेछ ।

यद्यपि यो विषयमा त्यति निश्चित जानकारीहरू भने बाहिरीसकेको छैन । यो गुगलको पहिलो स्मार्टवाच हो । 

स्मार्ट होम 

गुगलले आफ्नो गुगल होम एपलााई प्रयोगकर्तामैत्री र थप सहज गर्नको लागि समयसमयमा विभिन्न सुधार गर्दै आएको छ ।

यो पटकको इभेन्टमा पनि केही नयाँ फिचर सार्वजनिक हुने अनुमान गरिएको छ भने यसको लागि नयाँ उत्पादनहरू पनि सार्वजनिक हुने बताइएको छ ।

ट्याब्लेट जस्तो डिजाइन भएको नयाँ नेस्ट हब डिस्प्ले सहितको एउटा डिभाइस सार्वजनिक हुने अनुमान गरिएको छ । 

पिक्सेल ६ए 

आजको इभेन्टमा गुगलले आफ्नो नयाँ स्मार्टफोन पिक्सेल ६ए पनि सार्वजनिक गर्ने बताइएको छ । यो फोनको डिजाइन पिक्सेल ५ए को जस्तै हुने बताइएको छ ।

यो फोनमा पनि टेन्सरको चिपसेट प्रयोग गरिएको छ भने यसमा पिक्सेल ६ फ्ल्यागसिप फोनको जस्तै क्यामेरा फिचर भने हुने छैन ।       

गुगल पे 

आजको इभेन्टमा सार्वजनिक हुने सफ्टवेयर र विभिन्न डिभाइसहरूको बारेमा पहिले देखि नै चर्चा भइरहे पनि सबैभन्दा धेरै चर्चामा भएको प्रडक्ट हो गुगल पे ।

गुगलले आफ्नो डिजिटल वालेट गुगल पे आजको कार्यक्रम मार्फत रिब्रान्डिङ हुने अनुमान गरिएको छ । 

पिक्सेल बड्स प्रो 

आजको इभेन्टमा गुगलले नयाँ वायरलेस इयरबड्स सार्वजनिक गर्ने जानकारी बाहिरिएको छ । पिक्सेल बड्स प्रो नाम दिइएको यो इयरबड आजको कार्यक्रममा सार्वजनिक हुने बताइएको छ ।

नोइज क्यान्सिलेसन सहित अन्य फिचर सहित यो इयरबड सार्वजनिक हुने बताइएको छ । नयाँ फिचर हुनेछ वा पुरानै इयरबड जस्तै रहनेछ भन्ने विषयमा भने कुनै निश्चित जानकारी बाहिर आएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२