close

रिब्राण्ड भयो ‘मेरो कारोबार’ एप, व्यवसायीलाई यस्ता छन् फाइदा

टेकपाना टेकपाना

जेठ २३, २०७९ १९:२६

रिब्राण्ड भयो ‘मेरो कारोबार’ एप, व्यवसायीलाई यस्ता छन् फाइदा

काठमाडौं । साना तथा मध्यम आकारका पसल सञ्चालन गर्ने व्यवसायीलाई लक्षित गरी सुरु भएको ‘मेरो कारोबार एप आइतबारदेखि कारोबार नाममा रिब्राण्ड भएको छ ।

रिब्राण्डसँगै मोबाइल एपमा नयाँ विशेषता थपिएको कम्पनीको संस्थापक समीर फुँयालले जानकारी दिए ।

एपबाट सजिलै स्टक म्यानेज गर्न सकिने बताउँदै उनले माेबाइलमै व्यवसायको रिपोर्ट राख्न, खरिद-बिक्रीको कारोबार जानकारी राख्न सकिने बताए ।

केही समयपछि कारोबार एपको वेब भर्सन पनि सार्वजनिक हुने उनले जानकारी दिए ।

वेब भर्सनमा उपलब्ध भएपछि थप केही फिचर प्रयोग गर्न शुल्क तिर्नुपर्ने छ । एपका सन्दर्भमा भने त्यहाँ भएका सम्पूर्ण फिचरहरू निःशुल्क प्रयोग गर्न सकिन्छ ।

रिब्राण्डपछि कम्पनीको ब्रान्ड कलरसमेत परिवर्तन गरिएको छ ।

कारोबार एपबाट विशेषतः अनलाइन तथा अफलाइनमा कारोबारको जानकारी राख्न, खरिद बिक्रीको रिपोर्ट राख्न, खरिद बिल राख्न, आफूसँग भएको क्यास र बैङ्कमा भएको रकमको जानकारी, आम्दानी र खर्चको रिपोर्ट राख्न सकिन्छ ।

मानिसहरूमा मेरो कारोबार भन्दा कारोबार नाम बढी चर्चित भएकाले कम्पनी रिब्राण्ड गरेको फुँयालले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३