close

स्पाम र फेक अकाउन्टको जानकारी नदिए ट्वीटरको डिलबाट पछि हट्ने एलन मस्कको धम्की

टेकपाना टेकपाना

जेठ २४, २०७९ १२:४७

स्पाम र फेक अकाउन्टको जानकारी नदिए ट्वीटरको डिलबाट पछि हट्ने एलन मस्कको धम्की

काठमाडौं । टेस्लाका मालिक एलन मस्कले स्पाम र फेक अकाउन्टको जानकारी नदिएको खण्डमा ट्वीटर खरिदको डिलबाट पछि हट्ने धम्की दिएका छन् । मस्कले करिब दुई महिनाअघि ४४ अर्ब डलरमा ट्वीटर खरिदका लागि सम्झौता गरेका थिए ।

यस्तोमा ट्वीटरले स्पाम र फेक अकाउन्टको जानकारी उपलब्ध गराउन असफल भएको भन्दै मस्कले नियामकलाई पत्र पठाएका छन् ।

नियामकलाई पठाइएको पत्रमा स्पाम अकाउन्ट मेजरमेन्ट आफैंले गर्न पाउनुपर्ने भन्दै जानकारी उपलब्ध गराउनुपर्ने दावी उनको छ ।

यसअघि मार्चमा उनले ट्वीटरले स्पाम र फेक अकाउन्टको जानकारी उपलब्ध नगराउँदासम्म ट्वीटरको डिल होल्डमा राखिने बताएका थिए । तर, अब भने खरिद प्रक्रिया नै रद्द गर्न सक्ने चेतावनी दिएका छन् ।

उनले मर्ज तथा खरिद सम्झौतामा भएको सर्तहरु कम्पनीले पूरा गर्न नसकेको दावी गरेका छन् । उक्त सम्झौतामा स्पाम र फेक अकाउन्ट खरिद प्रक्रियाअघि खरिद गर्ने पक्ष आफैंले जाँच गर्नसक्ने सर्त राखिएको थियो ।

तर, कम्पनीले उक्त सर्त पूरा गर्न नसकेको जनाइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३