close

पब्जी खेल्न नपाएपछि गोली हानी आमाको हत्या !

टेकपाना टेकपाना

जेठ २६, २०७९ १५:३

पब्जी खेल्न नपाएपछि गोली हानी आमाको हत्या !

काठमाडौं । भारतस्थित लखनउमा एक १६ वर्षीय किशोरले पब्जी खेल्न नदिएको निहुँमा आफ्नै आमाको गोली हानी हत्या गरका छन् ।

उत्तर प्रदेश प्रहरीका अनुसार ती किशोरले आफ्ना सैनिक बाबुको पेस्तोल प्रयोग गरी आमाको हत्या गरेका हुन् । हत्यापछि मृत शरीर लखनउको घरमा तीन दिनसम्म लुकाइएको र बाहिर त्यसको गन्ध नजाओस् भनी रुम फ्रेशनर प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ ।

उनकी आमाले ती किशोरलाई पब्जी नखेल्न सम्झाइरहन्थिन् । त्यही निहुँमा उनले बिहान ३ बजे सुतेको अवस्थामा गत आइतबार आमाको गोली हानी हत्या गरेका थिए ।

सो घटनाको प्रत्यक्षदर्शी रहेकी उनकी १० वर्षीया बहिनीलाई उनले घटनाबारे कसैलाई जानकारी दिए मार्ने धम्की दिएका थिए ।

गत मंगलबार ९ बजेतिर महिलालाई गोली हानी हत्या भएको प्रहरीलाई जानकारी आयो । त्यसपछि त्यहाँका स्थानीयसँग बुझ्दा ती किशोर लामो समयदेखि पब्जी खेल्ने गरेको पाइयाे ।

ती किशोरमा अनलाइन गेम पब्जीको लत लागेपछि उनकी आमाले खेल्न रोकी रहन्थिन् । त्यही कुरालाई लिएर उनले हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

सो घटनालाई मोड्न ती किशोरले घरमा एक इलेक्ट्रिसियन आएर हत्या गरेको समेत बताएका थिए ।

पछि ती इलेक्ट्रिसियनका बारेमा थप बताउन भनेपछि उनले सो घटना आफैंले गरेको स्वीकारे ।

प्रहरीका अनुसार ती किशोरका बाबु हाल लखनउ राज्यभन्दा बाहिर कार्यरत छन् । किशोरको घर भएको ठाउँ नजिकै उनका काकाको घर छ, जहाँ उनका हजुरआमा र काका बस्ने गर्छन् ।

त्यति नजिक हुँदा पनि सो घटनाबारे उनीहरूलाई कुनै जानकारी नभएको प्रहरी अधिकारीको भनाइ छ ।

‘गत आइतबार साँझ ती किशोर र उनकी आमाबीच घरबाट पैसा हराएको विषयमा चर्काचर्की भएको थियो । ती किशोरलाई आमाले पैसा चोरेको आरोप लगाएकी थिइन् । ती किशोर पहिले नै आमाले पब्जी खेल्न नदिएको निहुँमा रिसाइरहेका थिए । त्यसैमा पैसा चोरेको आरोप लाग्दा ती किशोरले आफ्ना बाबुको पेस्तोल निकालेर आमाको टाउकोमा गोली हानेका हुन्,’ एक लखनउ इस्ट जाेन हेर्ने एडीसीपी क्वासिम अब्दी भने ।

उनले अगाडि भनेका छन्, ‘उनले हत्या गरेको दुई दिनसम्म कसैलाई बताएनन् । आफ्नी बहिनीका लागि खानाको व्यवस्था भने बाहिरबाट ल्याएर मिलाएका थिए । कसैलाई सो घटनाको बारेमा जानकारी दिए बहिनीलाई समेत मार्ने धम्की दिएका रहेछन् । शवबाट दुर्गन्ध फैलिन थालेपछि उनले रुम फ्रेशनर प्रयोग गरेका हुन् ।’

‘आमा र छोरी सँगै सुतिरहेको अवस्थामा ती किशोरले आमाको टाउकोमा गोली चलाएका थिए । पेस्तोलको आवाज सुनेपछि सँगै सुतेकी बालिका ब्युँझिएकी थिइन् । तीन दिनसम्म शव एउटै ठाउँमा हुँदा दुर्गन्धित भएको थियो ।’

प्रहरी अधिकारीका अनुसार गोली हानिएको सो बन्दुक उनका बाबु आमाको नाममा दर्ता छ । ती किशोरसँग भएको मोबाइल फोन, ल्यापटप लगायत अन्य ग्याजेटहरू विश्लेषणका लागि पठाइएको छ ।

अब्दीका अनुसार गत मंगलबार उनका बाबुले घरमा फोन गरेका थिए । फोन उठाउँदै ति किशोरले इलेक्ट्रिसियन आएर हत्या गरेको कुरा बताए । त्यसपछि उनका बाबुले आफन्त र छिमेकीलाई सो कुराको जानकारी दिए ।

छिमेकीले प्रहरीलाई सम्पर्क गरेका थिए । त्यस्तै एक अर्का प्रहरीका अनुसार ती किशोरले पहिले नै आफ्नी आमाको फोनबाट बुबालाई मेसेजमा सबै कुरा ठीक भएको जानकारी दिएका थिए ।

आमाको हत्या गरिसकेपछि त्यहाँ बस्न डर लागेकाले आफ्नो साथीलाई सोमबार सँगै बस्न बोलाएका थिए । उनीहरूले मृत शरीरलाई एउटा कोठामा राखेका थिए भने उनीहरू तीन जना अर्को कोठामा सुतेका थिए ।

उनका एक छिमेकीका अनुसार उनीहरूको परिवार सबै एकअर्कासँग खुबै मिल्थे । उनीहरूको घरमा एउटा ठूलो कुकुर पनि थियो । जसलाई प्रायः बाँधेर राख्ने गरिन्थ्यो ।

ती किशोरले घरमा कोही नआउन भन्ने उद्देश्यले कुकुरलाई केही दिनदेखि खुल्लै छाडेका थिए । पछिल्लो समय अनलाइन गेमको गलत लतले हिंसात्मक घटनासमेत हुने गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६