close

नेपालमा पब्जी गेम बन्द गर्न सांसदको माग

टेकपाना टेकपाना

जेठ २६, २०७९ १६:१७

नेपालमा पब्जी गेम बन्द गर्न सांसदको माग

काठमाडौं । नेपालमा चर्चित माेबाइल गेम पब्जीमाथि प्रतिबन्ध लगाउन फेरि संसदमा माग उठेकाे छ ।

बिहीबार भएकाे प्रतिनिधि सभा बैठकमा सांसद दिलकुमारी थापा रावलले नेपालमा अनलाइन गेम पब्जीमाथि प्रतिबन्ध लगाउन माग गरेकी हुन् ।

गत मंगलबार भारतको उत्तर प्रदेशमा एक किशोरले पब्जी खेल्न नपाएको निहुँमा आफ्नै आमाको गोली हानी हत्या गरेको खबर आएपछि सांसद दिलकुमारीले नेपालमा पब्जी बन्द गर्न माग गरेकी हुन् ।

यसअघि पनि बेलाबेलामा सांसदले नेपालमा पब्जी, फ्रिफायर लगायतका मोबाइल बन्द गर्न माग राख्दै आएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६