close

बिल गेट्सको ४८ वर्ष पुरानो बायोडेटा, जागिर खोज्नेहरूका लागि यस्तो सन्देश

टेकपाना टेकपाना

असार २०, २०७९ १५:५१

बिल गेट्सको ४८ वर्ष पुरानो बायोडेटा, जागिर खोज्नेहरूका लागि यस्तो सन्देश

काठमाडौं । कुनै कम्पनीमा काम पाउन तपाईंको व्यक्तिगत विवरण अर्थात् ‘रेजुमी’ महत्त्वपूर्ण हुन्छ । आकर्षक र सम्पूर्ण विवरण समेटिएको रेजुमीले जागिरमा नियुक्ति पाउन निकै सहयाेग गर्छ ।

तर धेरैलाई कस्तो बायाेडेटा वा रिजमीले कम्पनीलाई आकर्षित गर्छ भन्ने कुरा थाहा हुँदैन । कतिपय अवस्थामा बायाेडेटा अधुराे भएकाले जागिर नपाएकाे धेरैले अनुभव गरेका छन् ।

माइक्रोसफ्टका संस्थापक तथा विश्वका धनाढ्यमध्ये एक बिल गेट्सले विश्वभर जागिर खोजिरहेका युवाको कन्फिडेन्ट बढाउन आफ्नो सबैभन्दा पहिलो बायाेडेटा शेयर गरेका छन् ।

६६ वर्षीय गेट्सले आफ्नो ४८ वर्ष पुरानो बायाे डेटा शेयर गरेर उनका प्रशंसक एवम् उनलाई पछ्याउने मानिसहरूलाई पुरानो दिनमा फर्काएका हुन् ।

उनले सामाजिक सञ्जाल लिङ्कडिनमा उक्त रेजुमी शेयर गर्दै उनको पहिलो रेजुमी अहिलेका युवाको रेजुमी धेरै राम्रो भएको बताएका छन् ।

उनले लिङ्कडिनमा लेखेका छन्, ‘चाहे तपाईं भर्खर पढ्दै हुनुहुन्छ वा कलेज छोड्नुभएको छ, म पक्का छु कि तपाईंको बायोडेटा ४८ वर्ष पहिलेको मेरो बायोडेटाभन्दा धेरै राम्रो देखिन्छ ।’

त्यो बायोडेटा त्यस समयको थियो, जुनबेला अहिले बिल गेट्स नामबाट चिनिएका विलियम हेनरी गेट्स थ्री (William Henry Gates III) हावार्ड कलेजमा पहिलो वर्ष अध्ययन गरिरहेकाे थिए ।

सो बायोडेटामा उनले उनले अपरेटिङ स्ट्रक्चर, डेटाबेस मेनेजमेन्ट, कम्प्युटर ग्राफिक्स र अन्य कुराहरू उल्लेख थियो । थुप्रै प्रयोगकर्ताले बिल गेट्सको बायो डेटा उत्कृष्ट भएको भन्दै तारिफ गरेका छन् ।

‘यो ४८ वर्ष पुरानो बायोडेटा यद्यपि अहिले पनि राम्रो देखिन्छ,’ एक प्रयोगकर्ताले कमेन्ट गरे ।

त्यस्तै अर्का एक प्रयोगकर्ता कमेन्ट गर्छन्, ‘यो शेयर गरेकोमा धन्यवाद बिल गेट्स । एक पेजको यो बायोडेटा धेरै राम्रो छ । हामीले आफ्ना पुराना बायोडेटाका कपीहरू पछिका दिनहरूमा पुराना पल याद गर्न सजाएर राख्न पर्छ । कहिलेकाहीँ हामी हाम्रो जीवनमा कति कुरा पुरा गरेका छौं भन्ने नै बिर्सन्छौँ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३