close

अब स्न्यापच्याटको वेब भर्सनमा समेत च्याट र भिडियो कल

टेकपाना टेकपाना

साउन ३, २०७९ १०:५१

अब स्न्यापच्याटको वेब भर्सनमा समेत च्याट र भिडियो कल

काठमाडौं । स्न्यापच्याटको मोबाइल भर्सनमा उपलब्ध स्न्यापिङ, च्याटिङ र भिडियो कल जस्ता फिचर अब डेक्सटप भर्सनमा समेत उपलब्ध हुने भएको छ । त्यसका लागि कम्पनीले नयाँ वेब एप उपलब्ध गराउने भएको हो ।

जसमार्फत प्रयोगकर्ताले आफ्नो अकाउण्ट लगइन गरी म्यासेज पठाउन, भिडियो कल गर्न सक्ने जनाइएको छ । तर, यो फिचर पहिलो चरणमा स्न्यापच्याट प्लस सब्स्क्राइबरको हकमा मात्रै उपलब्ध हुने जनाइएको छ । कम्पनीले स्न्यापच्याटको पेड भर्सन सार्वजनिक गरेपश्चात् त्यसलाई लक्षित गरेर ल्याएको यो नै पहिलो फिचर हो ।

स्न्यापच्याट प्लस सब्स्क्राइबर मध्येपनि अमेरिका, युके, क्यानडा, अस्ट्रेलिया र न्युजिल्याण्डका प्रयोगकर्तालाई सुरुमा यो फिचर उपलब्ध हुनेछ । कम्पनीले यो फिचर कहिलेबाट प्रयोगकर्तामाझ उपलब्ध हुनेछ भन्ने विषयमा भने कुनै जानकारी दिएको छैन् । तर, यो फिचर हाल केही प्रयोगकर्तामाझ परीक्षणका लागि उपलब्ध भइसकेको जनाइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३