close

गुगल फोटोजलाई एउटाबाट अर्को अकाउन्टमा ट्रान्सफर गर्ने स्मार्ट तरिका

टेकपाना टेकपाना

साउन ११, २०७९ १८:६

गुगल फोटोजलाई एउटाबाट अर्को अकाउन्टमा ट्रान्सफर गर्ने स्मार्ट तरिका

काठमाडौं । गुगलले आफ्ना प्रयोगकर्तालाई उपलब्ध गराउँदै आएको अनलिमिटेड स्टोरेज सेवा आधिकारिक रूपमा बन्द गरिसकेकाे छ । अहिले तपाईंले गुगल फोटोजमा अपलोड गरेका हरेक फोटो त्यही १५ जीबी स्टोरेजभित्र समावेश हुन्छ ।

गुगलले अनलिमिटेड स्टोरेज प्लान बन्द गरिसकेको भएपनि हामी फोटो भण्डारण गर्न अन्य प्लेटफर्म प्रयोग गर्न अभ्यस्त भइसकेका छैनौँ ।

हामीमध्ये प्रायः धेरैलाई गुगल फोटोजमा नै आफ्ना फोटो भण्डारण गर्न मन लागिरहेको हुन्छ । तर, धेरै फोटो अपलोड भइसकेको हुनाले हामीलाई स्टोरेजको समस्या आइरहेको हुन्छ ।

गुगलमार्फत थप स्टोरेज लिनका लागि प्लान अनुसार शुल्क तिर्नुपर्ने हुन्छ । त्यसैले पनि प्रायः प्रयोगकर्ताले अन्य अकाउन्ट बनाएर फोटो भण्डारण गरिरहेका हुन्छन् ।

यदि तपाईंसँग दुई वा दुईभन्दा बढी गुगल अकाउन्ट छन् भने तपाईंले एउटा अकाउन्टको गुगल फोटोजबाट अर्को अकाउन्टको फोटोजमा फोटो ट्रान्सफर गर्न सक्नुहुन्छ ।

यसरी तपाईंले एउटा अकाउन्टमा बढी भएका फोटो अर्को अकाउटमा ट्रान्सफर गरि आफ्नो मुख्य अकाउन्टमा स्टोरेज बढाउन सक्नुहुन्छ ।

सबैभन्दा पहिले तपाईंले आधिकारिक वा सर्वाधिक प्रयोग गर्ने अकाउन्ट कुन हो भन्ने छुट्टाउन आवश्यक छ ।

किनभने, यस्तो अवस्थामा तपाईंले आफूले धेरै प्रयोग गरेको अकाउन्टबाट थोरै मात्र प्रयोग गरिने गुगल अकाउन्टमा फोटो ट्रान्सफर गर्नुपर्ने हुन्छ । एउटा अकाउन्टबाट अर्को अकाउन्टमा फोटो ट्रान्सफर गर्न तलका विभिन्न प्रक्रिया अपनाउन सकिन्छ ।

मोबाइल एप प्रयोग गरि फोटो ट्रान्सफर गर्ने तरिका

यो विधिका माध्यमबाट तपाईंले गुगल फोटोजको मोबाइल एप प्रयोग गरी एउटा अकाउन्टबाट अर्को अकाउन्टमा फोटो ट्रान्सफर गर्न सक्नुहुन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।

  • सबैभन्दा पहिले मोबाइलमा गुगल फोटोज एप खोल्नुहोस् ।
  • अब आफूले ट्रान्सफर गर्न चाहेको फोटो वा भिडिओ सेलेक्ट गर्नुहोस् ।
  • त्यसपछि तल बायाँपट्टि रहेको शेयरको आइकनमा ट्याप गर्नुहोस् ।
  • अब त्यहाँ सेन्ड इन गुगल फोटोज (Send in Google Photos) को अप्सन रहेको हुन्छ ।
  • त्यहाँ न्यु ग्रुपको अप्सनमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि सर्च बारमा आफ्नो अर्को गुगल अकाउन्टको एड्रेस टाइप गर्नुहोस् ।
  • अब माथि रहेको नेक्स्टको अपस्नमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि तल रहेको सेन्डको अप्सनमा ट्याप गर्नुभयो भने फोटो सेन्ड हुन्छ ।
  • अब फोटो पठाएकको अर्को अकाउन्टमा मेल आउँछ । त्यहाँ गइसकेपछि तपाईंले सो अकाउन्टको गुगल फोटोजमा आफूले पठाएको फोटो देख्नुहुन्छ ।

गुगल फोटोजको पार्टनर शेयरिङ फिचर

गुगलले हालसालै पार्टनर शेयरिङ फिचर सार्वजनिक गरेको छ, जसका माध्यमबाट स्वतः फोटो शेयर गर्न सकिन्छ । त्यसका लागि तपाईंले तल उल्लेखित प्रक्रिया अपनाउन सक्नुहुन्छ ।

  • सबैभन्दा पहिले गुगल फोटोज एप खोल्नुहोस् ।
  • त्यसपछि तलपट्टि रहेको शेयरिङ (sharing) आइकनमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि माथि शेयर विथ योर पार्टनर भन्ने अप्सनमा ट्याप गर्नुहोस् । त्यसपछि त्यहाँ आएको गेट स्टार्टेड अप्सनमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि माथि रहेको सर्च बक्समा आफ्नो अर्को अकाउन्टको एड्रेस टाइप गर्नुहोस् ।
  • त्यसपछि सो अकाउन्टको प्रोफाइल देखिन्छ । त्यसमा अल फोटोज वा फोटोज अफ स्पेसिफिक पिपुलमध्ये आफ्नो आवश्यकता अनुसार एउटा अप्सन छान्नुहोस् ।
  • त्यसपछि माति रहेको नेक्सको अप्सनमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि सेन्ड इन्भिटेसन भन्ने अप्सनमा ट्याप गर्नुहोस् ।
  • यति गर्नुभयो भने तपाईंको इन्भिटेसन अर्को अकाउन्टको जीमेलमा आउँछ ।

जीमेलमा गएर सो अकाउन्टबाट आएको इन्भिटेसन स्वीकार गर्नुभयो भने तपाईंले गुगल फोटोजको शेयर फोटो फिचर प्रयोग गर्न सक्नुहुन्छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३