close

ताइवान नजिक चीनको शक्तिशाली मिसाइल प्रहार

टेकपाना टेकपाना

साउन १९, २०७९ १५:७

ताइवान नजिक चीनको शक्तिशाली मिसाइल प्रहार

काठमाडौं । चीनले ताइवानको उत्तरपूर्व र दक्षिणपश्चिम तट वरपर शक्तिशाली मिसाइल प्रक्षेपण गरेकाे छ । बिहीबार नेपाली समयअनुसार मध्यान्ह १२:४१ मा चीनले शक्तिशाली डोङफेङ ब्लास्टिक मिसाइल प्रक्षेपण गरेको हाे ।

डङफेङ्ग मिसाइल चिनियाँ जनमुक्ति सेनाबाट सञ्चालित छ । ताइवान वरपर अहिलेसम्मकै ठूलाे सैन्य अभ्यास गरिरहेकाे चीनले दुई ओटा ब्लास्टिक मिसाइल प्रक्षेपण गरेको हो ।

चिनियाँ प्रक्षेपणपछि ताइवानले आफ्नो रक्षा प्रणाली सक्रिय बनाएको खबर रोयटर्सले लेखेको छ । साथै ताइवानले आफ्नो क्षेत्रीय शान्तिलाई भंग गर्ने चीनको तर्कहीन कार्यको निन्दासमेत गरेको छ ।

चीनको कडा विरोध र चेतावनीकै बीच अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीले गएको मंगलबार र बुधबार ताइवान भ्रमण गरेकी थिइन् । यसपछि चीन आक्रिशित छ ।

अति व्यस्त अन्तर्राष्ट्रिय उड्ययन मार्ग र जल मार्गमा मिसाइल प्रक्षेपण भएपछि ताइवानकाे सत्तारूण दल डेमाेक्रेटिभ प्राेगेसिभ पार्टीले चिनियाँ कदम गैरजिम्मेवार र अवैध भएको प्रतिक्रिया दिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३