ट्रेन्डिङ:
समस्यामा परेँ भन्दै सामाजिक सञ्जालबाट कसैले पैसा मागे नदिनू: ईसेवा अब क्युआर कोडसहितको भिसा आज ई-बिजनेश पोलिसी फोरम २०२० आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी यस्तो छ टेलिकम कम्पनीको दशैं अफर ईसेवाको दशैं उत्सव, रू. १ गेमदेखि निःशुल्क हवाई टिकटसम्म अब नेपालबाटै नेटफ्लिक्स र अमेजनको भुक्तानी, यस्तो छ राष्ट्र बैंकको नयाँ नीति फोटोमा कसरी राख्ने ‘प्रोफेसनल वाटरमार्क’ ? ह्वावेको ‘सिड्स फर फ्युचर प्रोग्राम’: नेपालका ७ विद्यार्थी बैंकक जाँदै कस्तो छ ग्लोबल आईएमई बैंकको नयाँ मोबाइल बैंकिङ एप ? काठमाडौंमा इञ्जिनियरिङ एक्स्पो: ह्याकाथनदेखि रोबोटहरुको फुटबल म्याचसम्म हुने
close

समस्यामा परेँ भन्दै सामाजिक सञ्जालबाट कसैले पैसा मागे नदिनू: ईसेवा

टेकपाना टेकपाना

साउन २२, २०७९

समस्यामा परेँ भन्दै सामाजिक सञ्जालबाट कसैले पैसा मागे नदिनू: ईसेवा

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले सामाजिक सञ्जालमार्फत कसैले पैसा मागे नदिन आग्रह गरेको छ ।

एक सूचना जारी गर्दै कम्पनीले सामाजिक सञ्जालमार्फत आफूले चिनेको अथवा नचिनेको कुनै पनि व्यक्तिले पैसा मागेको खण्डमा पैसा उपलब्ध नगराउन अनुरोध गरेको हो ।

‘सामाजिक सञ्जालमार्फत तपाईंलाई कसैले चिने जानेको वा प्रियजनका रुपमा सम्पर्क गरी आफू आपतकालीन स्थितिमा रहेकाे बताई तत्काल रकम माग गरेको खण्डमा भुक्तानी नगर्नुहुन अनुरोध छ,’ सूचनामा उल्लेख गरिएको छ ।

यसरी कसैले तत्काल अनलाइन भुक्तानी गरिदिन आग्रह गरेमा पहिले सही व्यक्तिले नै मागेको हो वा होइन भनी पुष्टि गरेर मात्र भुक्तानी गर्न कम्पनीले सचेत गराएको छ ।

पछिल्लो समयमा सामाजिक सञ्जालका अकाउन्टहरू ह्याक गरी सो व्यक्तिको चिनेजानेको मानिसहरूलाई पैसा माग्ने र आफ्नो खातामा हाल्न लगाउने क्रम बढ्दै गइरहेको छ ।

यस्ता कुनै पनि किसिमका फिशिङ आक्रमणबाट जोगिन कम्पनीले सूचना जारी गरेको हो ।