close

पैसा तिरेर १० लाख प्रयोगकर्ताले चलाउँछन् स्न्यापच्याट

टेकपाना टेकपाना

भदौ २, २०७९ १८:२८

पैसा तिरेर १० लाख प्रयोगकर्ताले चलाउँछन् स्न्यापच्याट

काठमाडौं । पैसा तिरेर स्न्यापच्याट चलाउने प्रयाेगकर्ताकाे संख्या १० लाख नाघेकाे छ । हालै कम्पनीले स्न्यापच्याटको सशुल्क सेवा स्न्यापच्याट प्लसका प्रयोगकर्ताबारे नयाँ जानकारी दिएकाे हाे ।

मासिक ४ डलर तिरेपछि स्न्यापच्याटकाे याे प्रिमियम सेवा लिन सकिन्छ । यसपछि कम्पनीले परीक्षणमा रहेका विभिन्न फिचरमा प्रयोगकर्तालाई पहुँच प्रदान गर्छ ।

सामाजिक सञ्जालका माध्यमले विज्ञापनबाहेक अन्य कसरी पैसा कमाइरहेका छन् भन्ने कुराको यो एउटा उदाहरण हो ।

ट्वीटरले पनि यही प्रकृतिको सब्स्करिप्सन सेवा उपलब्ध गराउँदै आएको छ, जसलाई ‘ट्वीटर ब्लु’ नाम दिइएको छ । तर, ट्वीटरले हालसम्म पनि सब्स्क्रिप्सन सेवा लिने प्रयाेगकर्ताको सङ्ख्या सार्वजनिक गरेको छैन ।

ट्वीटरभन्दा स्न्यापच्याटका प्रयोगकर्ता धेरै छन् । स्न्यापच्याटका ३४ करोड ७० लाख मासिक सक्रिय प्रयोगकर्ता रहेका छन् भने ट्वीटरका २३ करोड ८० लाख मासिक सक्रिय प्रयोगकर्ता छन् ।

प्यू रिसर्च सेन्टरले सार्वजनिक गरेको एक सर्वेक्षण रिपोर्टअनुसार अमेरिकामा मात्र ५९ प्रतिशत युवाले स्न्यापच्याट प्रयोग गर्छन् भने २३ प्रतिशत युवाले मात्र ट्वीटर प्रयोग गर्ने गर्छन् ।

स्न्यापले सब्स्क्रिप्सन सेवामा थप विभिन्न फिचर समावेश गर्ने जनाएको छ । कम्पनीले स्न्याप स्टोरिज, बिटमोजीका लागि थप ब्याककग्राउण्डजस्ता विविध फिचर ल्याउने बताएको छ ।

‘स्न्यापच्याट प्लस’ अमेरिका, क्यानडा, बेलायत, फ्रान्स, जर्मनी, अष्ट्रेलिया, न्यूजिल्याण्ड, साउदी अरेबिया, यूएई, भारत, कुवेत, कतार लगायत विभिन्न देशमा उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४