close

केयूमा बीएस्सी कम्प्युटर साइन्स र बायोइन्फर्मेटिक्स विषयमा भर्ना खुल्यो, अनलाइन आवेदन दिन सकिने

टेकपाना टेकपाना

भदौ ४, २०७९ १७:२३

केयूमा बीएस्सी कम्प्युटर साइन्स र बायोइन्फर्मेटिक्स विषयमा भर्ना खुल्यो, अनलाइन आवेदन दिन सकिने

काठमाडाैं । काठमाडाैं विश्वविद्यालयले नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा भर्ना खुलाएकाे छ ।

एक सूचना जारी गर्दै विश्वविद्यालयले कम्प्युटर साइन्स, बायाेइन्फर्मेटिक्स, कम्प्युटेसनल म्याथमेटिक्स लगायतका विषयमा भर्ना खुलाएकाे हाे ।

इच्छुक विद्यार्थीले भाेलि आइतबारदेखि भदाै २५ सम्म यहाँ क्लिक गरी आफूले पढ्न चाहेको विषयका लागि आवेदन दिनसक्ने छन् ।

विश्वविद्यालयका अनुसार प्रवेश परीक्षा विराटनगर, जनकपुर,  भरतपुर, धुलिखेल, काठमाडाैं, पाेखरा, बुटवल र महेन्द्रनगरमा सञ्चालन हुनेछ ।

कक्षा ११ उत्तीर्ण गरी कक्षा १२ काे परीक्षा नतिजा  कुरिरहेका विद्यार्थीहरुले समेत फाराम भर्न सक्नेछन् भने १० प्रतिशत सिट विदेशी विद्यार्थीका लागि छुट्ट्याइएकाे छ । परीक्षा नतिजा भने मेरिट बेसमा प्रकाशित हुने जनाइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४