close

सीजीनेटको आईपीटिभी सेवा सार्वजनिक, कति छ मूल्य ?

टेकपाना टेकपाना

भदौ १२, २०७९ १३:४१

सीजीनेटको आईपीटिभी सेवा सार्वजनिक, कति छ मूल्य ?

काठमाडौं । सीजीनेटमा अब इन्टरनेटसँगै आईपीटिभी पनि उपलब्ध हुने भएको छ । कम्पनीले आफ्ना ग्राहकका लागि ‘सीजीनेट जोडी’ नामक अफर अन्तर्गत इन्टरनेट र आईपीटिभी सेवा ल्याएकाे घोषणा गरेको छ ।

कम्पनीले एक कार्यक्रम आयोजना गर्दै यस अफर अन्तर्गत तीन ओटा प्याकेज सार्वजनिक गरेको छ । उक्त प्याकेजमा ‘स्प्रिन्टर जोडी’, ‘पपुलर जोडी’ र ‘रकस्टार जोडी’ रहेका छन् ।

‘स्प्रिन्टर प्याकेज’ अन्तर्गत ८० एमबीपीएस इन्टरनेट सहितको आईपीटिभीको मासिक शुल्क ८१० रुपैयाँ ताेकिएकाे छ ।

त्यस्तै ‘पपुलर प्याकेज’ अन्तर्गत १५५ एमबीपीएस इन्टरनेट सहित आईपीटिभीको मासिक शुल्क १०५५ रुपैयाँ निर्धारण गरिएकाे छ ।

अर्काे प्याकेज ‘रकस्टार जोडी’को ३०५ एमबीपीएस इन्टरनेटसहित आईपीटिभीको मासिक शुल्क १३७४ रुपैयाँ तोकिएको छ ।

यसैगरी ‘स्प्रिन्टर प्याकेज’को त्रैमासिक शुल्क २,६४० रुपैयाँ, ‘पपुलर प्याकेज’को ३,७५० रुपैयाँ र रकस्टार जोडी प्याकेजको ९,७२० रुपैयाँ तोकिएको छ ।

वार्षिक सब्सक्रिप्सनका लागि भने ‘स्प्रिन्टर जोडी’को ९७२० रुपैयाँ, ‘पपुलर जोडी’को १२,६६० रुपैयाँ र रकस्टार जोडीको १६,४८८ रुपैयाँ शुल्क तोकिएको छ ।

सेटटप बक्सका लागि ग्राहकले २६ सय रूपैयाँ शुल्क तिर्नुपर्नेछ ।

कम्पनीले उपलब्ध गराउने आईपीटिभीमा १२५ एचडी च्यानलसहित कुल २५७ ओटा टिभी च्यानल रहेका छन् । यसै क्रममा कम्पनीले ‘सीजीनेट ग्रान्ड जोडी अफर’ पनि घोषणा गरेको छ ।

यस अन्तर्गत प्रयोगकर्ताले ‘सीजीनेट जोडी’ प्याकेज सहित सीजीको टेलिभिजन सुपथ मूल्यमा खरिद गर्न सक्नेछन् ।

कम्पनीका अनुसार ८० एमबीपीएस इन्टरनेट र आईपीटिभी सहित ग्राहकले ४३ इन्चको टिभी ३५,९९९ रुपैयाँ (करबाहेक) मा खरिद गर्न सक्नेछन् ।

त्यस्तै ८० एमबीपीएस इन्टरनेट र आईपीटिभीका साथमा ग्राहकले २५,४९९ रूपैयाँ (करबाहेक) मा ३२ इन्चको टिभी खरिद गर्न सक्नेछन् ।

प्रयोगकर्ताले यो ‘ग्रान्ड जोडी अफर’ सीजीनेटको कुनै पनि पसल, सीजीनेट वेबसाइट, फोनकल अथवा दराजबाट खरिद गर्नसक्ने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३