ट्रेन्डिङ:
आईफोन १४ किन्ने कि, आईफोन १५ कुर्ने ? नेपालमै अन्तर्राष्ट्रिय स्तरको आईटी तालिम दिँदै ‘इन्टरनेसनल स्कुल फर स्किल्स’ नेटफ्लिक्स, अमेजन जस्ता कम्पनीले इन्टरनेट डेटा खपतको लागत टेलिकम कम्पनीलाई तिर्नुपर्ने ! अब हरेक टोल फ्री नम्बरमा जुनसुकै सेवा प्रदायकबाट निःशुल्क फोन गर्न सकिने बालबालिकालाई शुद्ध पढ्न सिकाउने गुगलको उपयोगी वेबसाइट विज्ञापन रहित सामग्रीका लागि सहकार्य गर्दै एप्पल र फेसबुक  नेटफ्लिक्स, अमेजन जस्ता कम्पनीले इन्टरनेट डेटा खपतको लागत टेलिकम कम्पनीलाई तिर्नुपर्ने ! गुगलले प्ले स्टोरबाट हटाएका असुरक्षित १६४ एप, तपाईंको मोबाइलमा त छैनन् ? बन्द भयो ग्लोबल आईएमईको १० वर्ष पुरानो मोबाइल बैंकिङ एप, नयाँ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्न आग्रह ५० मेगापिक्सेल क्यामेरा भएको 'ओप्पो ए१७' बजारमा
close

आईफोन १४ किन्ने कि, आईफोन १५ कुर्ने ?

टेकपाना टेकपाना

असोज १, २०७९

आईफोन १४ किन्ने कि, आईफोन १५ कुर्ने ?

काठमाडौं । आईफोन १४ सिरिज सार्वजनिक भएको केही समय पनि नबित्दै बजारमा आईफोन १५ को चर्चा सुरु भएको छ ।

फोर्ब्सले हालै प्रकाशित गरेको एक लेखमा आईफोन १५ का सम्भावित विवरण उल्लेख गरिएको छ ।

आईफोन १४ सार्वजनिक भएको एक हप्तामात्रै भयो । यद्यपि कम्पनीले आईफोन १५ को लागि पहिलेदेखि नै काम गर्न सुरु गरिसकेको थियो ।

फोर्ब्समा उल्लेख भएअनुसार आईफोन १५ प्रो र १५ प्रो म्याक्समा ए१७ चिप प्रयोग हुनेछ ।

ए१५ र ए१६ को तुलनामा ए१७ निकै नै शक्तिशाली हुने अनुमान गरिएको छ । ए१७ एप्पलको पहिलो ३ नानोमिटरको प्रोसेसर हुनेछ ।

यसले मोबाइलको पर्फर्मेन्स र ब्याट्री क्षमतालाई उत्कृष्ट बनाउने बताइएको छ ।

यद्यपि यो सुविधा प्रो मोडलका प्रयोगकर्ताले पनि अनुभव गर्न पाउनेछन् ।

यसबीच आईफोन १५ लाई लिएर अन्य धेरै विवरण पनि बाहिरिएका छन् ।

केही बजार विश्लेषकले आईफोन १५ फोल्डेबल हुने पनि अनुमान गरेका छन् । योसँगै आईफोन १५ मा टेलिफोटो क्यामेरा पनि उपलब्ध हुने अनुमान गरिएको छ ।