close

तपाईँको फोनमा ई-सिम सपोर्ट गर्छ कि गर्दैन ? यसरी जाँच गर्नुहोस्

टेकपाना टेकपाना

असोज ४, २०७९ १५:३७

तपाईँको फोनमा ई-सिम सपोर्ट गर्छ कि गर्दैन ? यसरी जाँच गर्नुहोस्

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले ईम्बेडेड सिमकार्ड (ई–सिम) को वितरण थालेको छ । केही दिनदेखि टेलिकमले सुन्धारा काउन्टरबाट ई-सिम वितरण गरिरहेको थियो ।

अहिले भने टेलिकमका विभिन्न काउन्टरबाट उक्त सिम निःशुल्क पाउन सकिन्छ । टेलिकमले निःशुल्क उपलब्ध गराउने ई-सिम तपाईँको डिभाइसमा सपोर्ट गर्छ या गर्दैन भन्ने जिज्ञासा लागेको हुनसक्छ ।

साथै सपोर्ट गर्ने रहेछ भने टेलिकमका विभिन्न काउन्टरबाट निःशुल्क ई-सिम एक्टिभेट गराउन सक्नुहुन्छ । आफ्नो फोनमा ई-सिम सपोर्ट गर्छ या गर्दैन भन्ने जाँच गर्नका लागि तलका विभिन्न प्रक्रिया अपनाउनुहोस ।

आईएमईआई नम्बरबाट जाँच गर्नुहोस्

तपाईँको फोनको आईएमईआई नम्बरले पनि सो फोनमा ई-सिम चल्छ वा चल्दैन भन्ने कुराको जानकारी दिएको हुन्छ । त्यसका लागि सबैभन्दा पहिले आफ्नो मोबाइलमा *#06# डायल गर्नुहोस् ।

त्यसपछि त्यहाँ विभिन्न आईएमईआई नम्बर देखिन्छन् । यदि उक्त पेजमा ईआईडी (EID) नम्बर समावेश छ भने उक्त फोनमा ई-सिम सपोर्ट हुन्छ भन्ने बुझिन्छ ।

स्मार्टफोनको सेटिङबाट ई-सिम सपोर्ट हुने नहुने कुरा यसरी हेर्नुहोस्

सन् २०१७ पछि सार्वजनिक भएका विभिन्न आईफोन मोडेलमा ई-सिम सपोर्ट हुने गरेको पाइन्छ । यदि तपाईँ आईफोन वा एन्ड्रोइ प्रयोगकर्ता हुनुहुन्छ भने आफ्नो फोनको सेटिङबाट ई-सिम सपोर्ट हुने नहुने कुराको जानकारी पाउन सक्नुहुन्छ ।

आफ्नो स्मार्टफोनको सेटिङबाट उक्त विषयको जानकारी पाउन सबैभन्दा पहिले सेटिङमा जानुहोस् । त्यसपछि सर्च बारमा गएर एड मोबाइल प्लान (Add Mobile Plan)  वा एड डेटा प्लान (Add Data Plan) भन्ने अप्सन खोज्नुहोस् ।

यदि यो अप्सन भेटियो भने उक्त फोनमा ई-सिम सपोर्ट हुन्छ भन्ने बुझिन्छ ।

यदि तपाईँले माथि उल्लेख गरिएका कुराबाट ई-सिम सपोर्ट हुन नहुने कुराको जानकारी पाउन सक्नुभएन भने तल उल्लेख गरिएका विभिन्न स्मार्टफोनको सूचीमा सो विषयमा जानकारी पाउन सक्नुहुन्छ ।

यी डिभाइसमा सपोर्ट गर्छ ई-सिम

आईफोन

  • iPhone XR

  • iPhone XS

  • iPhone XS Max

  • iPhone 11

  • iPhone 11 Pro

  • iPhone 11 pro Max

  • iPhone SE 2 (2020)

  • iPhone 12

  • iPhone 12 Mini

  • iPhone 12 Pro

  • iPhone 12 Pro Max

  • iPhone 13

  • iPhone 13 Mini

  • iPhone 13 Pro

  • iPhone 13 Pro Max

  • iPhone SE 3 (2022)

  • iphone 14

  • iphone 14 plus

  • iphone 14 pro

  • iphone 14 pro Max

आईप्याड

  • iPad Pro 11″ (model A2068, from 2020)

  • iPad Pro 12.9″ (model A2069, from 2020)

  • iPad Air (model A2123, from 2019)

  • iPad (model A2198, from 2019)

  • iPad Mini (model A2124, from 2019)

सामसङ

  • Samsung Galaxy S20

  • Samsung Galaxy S20+

  • Samsung Galaxy S20 Ultra

  • Samsung Galaxy S21

  • Samsung Galaxy S21+ 5G

  • Samsung Galaxy S21 Ultra 5G

  • Samsung Galaxy S22

  • Samsung Galaxy S22 5G

  • Samsung Galaxy S22 Ultra

  • Samsung Galaxy Note 20 Ultra

  • Samsung Galaxy Note 20 Ultra 5G 

  • Samsung Galaxy Fold

  • Samsung Fold LTE model

  • Samsung Galaxy Fold 3

  • Samsung Galaxy Z Fold2 5G

  • Samsung Galaxy Z Fold3 5G

  • Samsung Galaxy Z Flip3 5G

  • Samsung Galaxy Z Flip3 5G Fold

  • Samsung Galaxy Z Flip

  • Samsung Galaxy Note 20 FE 5G

  • Samsung Galaxy Note 20FE

  • Samsung Watch (via Samsung Wearable application)

गुगल फोन

  • Google Pixel 2 (only phones bought with Google Fi service)

  • Google Pixel 2 XL

  • Google Pixel 3 XL

  • Google Pixel 3a XL

  • Google Pixel 4

  • Google Pixel 4a

  • Google Pixel 4 XL

  • Google Pixel 5

  • Google Pixel 5a

  • Google Pixel 6

  • Google pixel 6a

  • Google Pixel 6 Pro.

ह्वावे फोनहरू

  • Huawei P40

  • Huawei P40 Pro

  • Huwawei P50 Pro

  • Huawei Mate 40 Pro

ओप्पो

  • Oppo Find X3

  • Oppo Find X3 Pro

  • Oppo Reno 5A

  • Oppo Reno6 Pro 5G

  • Oppo Find X5

  • Oppo Find X5 Pro

  • Oppo A55s

सोनी

  • Sony Xperia 1 IV

  • Sony Xperia 5 IV

  • Sony Xperia 10 III Lite

  • Sony Xperia 10 IV

  • मोटोरोला

  • Motorola Razr 2019

  • Motorola Razr 5G

ह्यामर

  • HAMMER Explorer Pro

  • Hammer Blade 3

  • Hammer Blade 5G

  • myPhone NOW eSIM

ई-सिम सपोर्ट गर्ने अन्य फोनहरू

  • Motorola Razr 2019

  • Motorola Razr 5G

  • Nuu Mobile X5

  • Gemini PDA

  • Rakuten Mini

  • Rakuten Big-S

  • Rakuten Big

  • Surface Pro X

  • Honor Magic 4 Pro

  • Fairphone 4

  • Vivo X80

अहिले फोनमा मात्र नभई कम्प्युटर पनि ई-सिम सपोर्ट हुने किसिमका तयार पारिएका छन् । तल उल्लेख गरिएका विभिन्न ब्रान्डका कम्प्युटरमा ई-सिम सपोर्ट हुन्छ ।

  • Microsoft Surface Pro X

  • Microsoft Surface Go 2

  • Microsoft Surface Pro LTE Advanced

  • Acer Swift 3

  • Acer Swift 7

  • Asus Mini Transformer

  • Asus NovaGo

  • Asus VivoBook Flip 14

  • HP Elitebook G5

  • HP Probook G5

  • HP Zbook G5

  • HP Specter Folio 13

  • Lenovo Yoga C630

  • Lenovo Miix 630

  • Lenovo Yoga 520

  • Lenovo Flex 5G

  • Samsung Galaxy Book 2

  • Dell Latitude 7210 2-in-1

  • Dell Latitude 9410

  • Dell Latitude 7310

  • Dell Latitude 7410

  • Dell Latitude 9510

  • Dell Latitude 5410

  • Dell Latitude 5411

  • Dell Latitude 5511

 

माथि उल्लेख गरिएका विभिन्न ब्रान्डका कम्पनीले मात्र हालसम्म ई-सिमको स्वीकृति पाएर ई-सिम सपोर्ट हुने सेवा उपलब्ध गराउँदै आएका छन् । तर सबै देशमा यी फाेनले ई-सिम सपाेर्ट गर्छन् भन्ने पनि हुँदैन ।

त्यो देशको भूगोल तथा आन्तरिक नीतिले गर्दा ई-सिम सपोर्ट गर्ने डिभाइस भएपनि नचल्न सक्छ । हालसम्म ई-सिम सपोर्ट हुने जानकारी दिएका ब्रान्डका फोन मात्र याे सूचीमा समावेश गरिएको छ ।

अन्य फोनको सन्दर्भमा भने कम्पनीले घोषणा गरेको खण्डमा जानकारी उपलब्ध हुनसक्छ ।

के हो ई-सिम ?

ई-सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक सिम हो । ई-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसका लागि ई-सिम सपोर्ट गर्ने ह्यान्डसेट आवश्यक हुन्छ ।

यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ । ई-सिम प्रयोगमा आए पश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन ।

मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसहरुमा समेत प्रयोग गर्न सकिन्छ ।

 

 

पछिल्लो अध्यावधिक: असोज ४, २०७९ १५:३७