close

एनसेलको होम एन्ड अवे डेटा अफर, ५९९ रुपैयाँमै ६० जीबी डेटा

टेकपाना टेकपाना

असोज १४, २०७९ १३:४६

एनसेलको होम एन्ड अवे डेटा अफर, ५९९ रुपैयाँमै ६० जीबी डेटा

काठमाडौं । चाडपर्वको अवसरमा एनसेलले आफ्ना ग्राहकको लागि‘होम एन्ड अवे डेटा प्याक’ अफर ल्याएको छ । दशैं, तिहार र छठ पर्वको अवसरमा ल्याइएको यो प्याक प्रयोग गरि ग्राहकले शुभकामना आदानप्रदान, चाडपर्वको उत्साह, उमङ्ग साट्नुका साथै आफ्ना प्रियजन र साथीभाइसँग सम्पर्कमा रहि सहन सक्छन् । ग्राहकले यो अफरमा कर सहित ५९९ रुपैयाँमा ३० जीबी होम डेटा र ३० जीबी अवे डेटा गरि कुल ६० जीबी डेटा पाउँछन् ।

बिहीबारबाट सुरु भएको यो अफर प्रयोग गर्नको लागि *१७१२३*३०# डायल गर्न सक्छन् । यसैगरि एनसेल एप र एनसेलको वेबसाइट मार्फत पनि यो प्याक लिन सकिन्छ । प्याकमा पाईने कुल ६० जीबी डेटामा ३० जीबीको होम डेटा ग्राहकले घरमा रहँदा प्रयोग गर्न सक्छन् भने बाँकी ३० जीबीको अवे डेटा घर बाहिर प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ । 

यो अफर अन्तर्गत डेटा चलाउनका लागि ग्राहकले जुन स्थानमा रहि यो प्याक सुचारु गर्दछ त्यही स्थानलाई होम लोकेसन मानिन्छ र अन्य स्थानलाई अवे लोकेसन मानिन्छ । ग्राहकले आफ्नो आवश्यकता अनुसार आफ्नो होम प्याकको स्थान परिवर्तन पनि गर्न सक्छन् । यो प्याक सुचारु भएपछि २८ दिनको लागि मान्य रहनेछ ।

पछिल्लो अध्यावधिक: असोज १४, २०७९ १३:४६