close

मोबाइल हरायो ? अनलाइनबाट यसरी ट्र्याक वा ब्लक गर्नुहोस्

टेकपाना टेकपाना

असोज २६, २०७९ १५:१०

मोबाइल हरायो ? अनलाइनबाट यसरी ट्र्याक वा ब्लक गर्नुहोस्

काठमाडौं । अब हराएकाे माेबाइल फाेनलाई अनलाइनबाट ट्याक वा ब्ल्क गर्न सकिने भएकाे छ । यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन प्रणाली सञ्चालनमा ल्याएकाे छ । यस माध्यमबाट फोन हराएकाे वा चोरी भएमा पीडितले अनलाइनमा गई ट्रयाक वा ब्लक गर्न अनुरोध गर्न सक्छन् ।

पछिल्लो समय दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस व्यवस्थापन गर्न एमडीएमएस प्रणाली लागू गरेसँगै मोबाइल डिभाइस ट्रयाकिङ सिस्टम प्रभावकारी बनाएको छ । यसअन्तर्गत प्राधिकरणले एमडीएमएसमा दर्ता भएका जुनसुकै फोन हराए अनलाइन फारम भर्न मिल्ने व्यवस्था ल्याएकाे छ ।

फोन हराएपछि भेटिने सम्भावना धेरै हुन्छ । तर, त्यसका लागि तपाईँसँग उक्त फोनको आईएमईआई, ईएसन वा एमईआईडी नम्बर (*#०६# डायल गर्दा यी नम्बर देख्न सकिन्छ) सुरक्षितसँग राख्नुपर्ने हुन्छ । हराएको फोन रिपोर्ट गर्नुपर्‍यो भने यहाँ क्लिक गरेर गरेर दूरसञ्चार प्राधिकरणको हराएको फोन रिपोर्ट गर्ने पेजमा जानुहोस् ।

  • त्यसपछि सबैभन्दा माथि लस्ट डेट (Lost Date) भएको ठाउँमा फोन हराएको मिति राख्नुहोस् ।

  • त्यसपछि तल लस्ट लोकेसन (Lost Location) भएको अप्सनमा हराएको ठाउँ उल्लेख गर्नुहोस् ।

  • त्यसपछि आईएईआई, ईएसएन, एमईआईडी (IMEI,ESN, MEID) नम्बर उल्लेख गर्नुपर्ने हुन्छ । (याद गर्नुहोस् विभिन्न नम्बर उल्लेख गर्दा (;) चिन्ह प्रयोग गर्नुहोस् ।)

  • त्यसपछि त्यसभन्दा तल रहेको अप्सनमा हराएको फोनमा प्रयोग भएको मोबाइल नम्बर टाइप गर्नुहोस् । (यदि उक्त फोनमा सिम छैन भने त्यसको तल रहेको चेक्ड हियर, यिफ लस्ट डिभाइस ह्याज नो सिम (Checked Here, If lost phone has no sim) मा टिक लगाउनुहोस् ।)

  • त्यसपछि एप्लिकेन्ट नेम (Applicant Name) भएको ठाउँमा निवेदकको नाम उल्लेख गर्नुहोस् ।

  • त्यसको तल आईडी नम्बरको अप्सन रहेको हुन्छ । त्यहाँ गएर आफू (निवेदक) सँग भएको कुनै पनि परिचय पत्र जस्तै नागरिकता नम्बर वा अन्य परिचय पत्रको नम्बर उल्लेख गर्नुहोस् ।

  • त्यसपछि कन्ट्याक्ट नम्बर (Contact Number) भएको ठाउँमा आफूसँग भएको सम्पर्क नम्बर राख्नुहोस् ।

  • त्यसपछि अट्याचमेन्ट अफ सिटिजनशिप अर अदर आईडी कार्ड वा पासपोर्ट वा भिजा (Attachment of citizenship of Other ID card or Passport or Visa) भन्ने अप्सनमा उल्लेख गरिएका कुनै पनि एक परिचयपत्रको पीडिएफ फाइल उल्लेख गर्नुहोस् । (याद गर्नुहोस् उक्त परिचय पत्रको साइज ५०० केबीभन्दा कमको हुनुपर्छ ।)

  • त्यसपछि अन्तिममा रहेको इमेल सेक्सनमा गएर आफ्नो ईमेल कन्ट्याक्ट राख्नुहोस् ।

आफूले अन्य डिभाइसमा प्रयोग गरेको वा भनौँ सक्रिय ईमेल एड्रेस प्रयोग गर्नुपर्ने हुन्छ । प्राधिकरणबाट उक्त फोनबारे कुनै पनि जानकारी उक्त ईमेल र फोन नम्बरमा पठाइने भएकाले भरसक आफूले नयाँ डिभाइसमा प्रयोग गरिरहेको ईमेल वा फोन नम्बर उपलब्ध गराउनुपर्ने हुन्छ । 

 


 

पछिल्लो अध्यावधिक: माघ २०, २०७९ १६:२७