close

डिशहोममा यसरी खरिद गर्नुहोस् विश्वकप फुटबलको प्याकेज

टेकपाना टेकपाना

मंसिर ११, २०७९ १५:९

डिशहोममा यसरी खरिद गर्नुहोस् विश्वकप फुटबलको प्याकेज

काठमाडौं । गत मंसिर चार गतेदेखि कतारमा फिफा विश्वकप २०२२ सञ्चालन भइरहेको छ । विश्वभरका मानिसहरूले विभिन्न माध्यमबाट विश्वकप फुटबलको लाइभ प्रसारण हेरिरहेका छन् । नेपालमा भने हिमालय प्रिमियम च्यानल मार्फत मिडिया हबले विश्वकपको लाइभ प्रसारण गरिरहेको छ ।

विभिन्न आईपीटिभी, डीटीएच, केबल अपरेटर लगायतका सेवा प्रदायकमार्फत 'हिमालय प्रिमियम' च्यानलको सब्स्क्रिप्सन खरिद गरेर विश्वकप फुटबलको लाइभ हेर्न सकिन्छ । यहाँ डिशहोममा 'हिमालय प्रिमियम'को सब्स्क्रिप्सन कसरी खरिद गर्ने भन्ने विषयमा उल्लेख गरिएको छ । 

डिशहोममा फिफा विश्वकपको प्याकेज खरिद गर्ने प्रक्रिया:

डिशहोमका डिलर (डिलर दाई)

तपाईँ डिशहोमको ग्राहक हुनुहुन्न भने सुरुमा डिशहोमको सेटटप बक्स जडान गर्नुपर्ने हुन्छ । यदि तपाईँ डिशहोमको नियमित ग्राहक हुनुहुन्छ भने आफ्नो नियमित प्याकेज रिचार्ज गराएर सोही सेटटप बक्समा फिफा वर्ल्डकप प्याकेज खरिद गर्न सक्नुहुन्छ । सजिलै फिफा वर्ल्डकप प्याकेज खरिद गर्न आफ्नो सेटटप बक्सको क्यास आईडी लिएर आफ्नो नजिको डिलर दाईसँग सम्पर्क गर्न सकिन्छ । नजिकैको डिशहोमको डिलरमा गएर विश्वकप फुटबलको प्याकेज खरिद गर्न सक्नुहुन्छ ।   

डिजिटल वालेट 

विभिन्न डिजिटल वालेट मार्फत पनि विश्वकप फुटबलको प्याकेज खरिद गर्न सकिन्छ । आफूले प्रयोग गर्ने डिजिटल वालेटबाट निम्न प्रक्रिया मार्फत डिशहोममा विश्वकप फुटबल प्याकेज खरिद गर्न सकिन्छ । 

 आईएमईपे

- सबैभन्दा पहिले आईएमई पेको एप खोल्नुहोस्,

- त्यसपछि फिफा वर्ल्डकप २०२२ लेखिएको अप्सनमा रहेको डिशहोम छान्नुहोस्,

- अनि तपाईँले क्यास आइडी लेखिएको ठाँउमा आफ्नो सेटटप बक्सको क्यास आइडी राख्नुहोस् (जुन ११ अंकको हुन्छ र ७१९ वा ०२५ बाट सुरु भएको हुन्छ) र नेक्स्टको अप्सन छान्नुहोस्,

- यति गरेपछि सिनेमा डिटेल्स लेखिएको अप्सन तल फिफा विश्वकप २०२२ छान्नुहोस्,  

- त्यसपछि तल सेलेक्ट सिनेमा लेखिएको अर्को खाली बक्स देखा पर्छ । सेलेक्ट सिनेमा लेखिएको बक्समा फिफा विश्वकप २०२२ छनौट गरि नेक्स्ट बटनमा थिच्नुहोस् ।

- यसपछि स्क्रिनमा तपाईँले तिर्ने रकम रु ५६५ देखिएपछि नेक्स्ट बटन थिच्नुहोस् । अनि आफ्नो आईएमई पेको पासवर्ड राखेर नेक्स्ट बटन थिच्नुहोस् ।

यति गरेपछि तपाईँको खरिद प्रक्रिया पुरा हुन्छ र खरिद प्रक्रिया पुरा भएको जानकारी प्राप्त हुन्छ । 

खल्ती

- खल्तीको एप खोल्नुहोस्;

- त्यसपछि खल्तीको होमस्क्रिनमा देखिएको फिफा विश्वकप २०२२ मा ट्याप गर्नुहोस्,

- अनि फिफा विश्वकप प्याकेज लेखिएको अप्सन तल रहेको डिशहोममा क्लिक गर्नुहोस्,

- यति गरेपछि डिशहोमको क्यास आइडीको अप्सनमा क्यास आइडी राखेर गेट डिटेल्समा ट्याप गर्नुहोस्,

- त्यसपछि प्याकेज लेखिएको ठाउँमा फिफा वर्ल्डकप २०२२ छनौट गर्नुहोस् र नेक्स्ट बटन थिच्नुहोस्,

- यति गरेपछि तपाईँले तिर्नुपर्ने रकम रु. ५६५ देखिन्छ । त्यसपछि नेक्स्ट बटन थिच्नुहोस् र पेमेन्ट अप्सनमा बैंक अथवा खल्ती वालेट छानेर सेलेक्ट अप्सनमा ट्याप गर्नुहोस् ।

- यसपछि कन्फर्म योर पेमेन्ट डिटेल्समा आफ्नो विवरण जाँच गरेर ओके थिच्नुहोस् 

यति गरेपछि तपाईँको खरिद प्रक्रिया पुरा हुन्छ र खरिद प्रक्रिया पुरा भएको जानकारी प्राप्त हुन्छ ।

ई-सेवा

- सबैभन्दा पहिले ई-सेवा को एप खोल्नुहोस् ।

- ई-सेवाको होमस्क्रिनमा फिफा वर्ल्डकप प्याकेज लेखिएको अप्सनमा गएर डिशजोम पीपीभीको अप्सन छान्नुहोस् ।

- त्यसपछि क्यास/चिप/कस्टमर आईडी लेखिएको बक्समा आफ्नो सेटटपबक्सको क्यास आइडी राखेर प्रोसिडको अप्सनमा ट्याप गर्नुहोस् ।

- यसपछि तपाँईले राख्नुभएको क्यास आईडीको डिटेल्स देखाउँछ र त्यसको तलपट्टि प्याकेज लेखिएको ठाउँमा फिफा विश्वकप २०२२ छान्नुहोस् ।  

- त्यसपछि एसटीबी नम्बर लेखिएको बक्समा आफ्नो सेटटप बक्सको ११ अंकको क्यास आइडी राख्नुहोस् र प्रोसिडको अप्सन छान्नुहोस् । र, आफ्नो विवरण जाँच गरेर कन्फर्म अप्सनमा ट्याप गर्नुहोस् ।

- अनि आफ्नो ई-सेवाको ट्रान्जेक्सन कोड राखेर कन्फर्म अप्सनमा ट्याप गर्नुहोस् । तपाईँको खरिद प्रक्रिया पुरा भएपछि प्रक्रिया पुरा भएको जानकारी प्राप्त हुन्छ ।

डिशहोमका अनुसार नियमित  रिचार्ज गर्दा र फिफा विश्वकप प्याकेज खरिद गर्दा छिटो च्यानल खुलाउन खरिद प्रक्रिया अवधिभर आफ्नो सेटटप बक्स अन गरेर च्यानल नं.९८२ वा १७० लगाएर राख्नुपर्छ ।
खेल सुरु हुने समयमा फिफा विश्वकप प्याकेज खरिद गर्ने ग्राहकहरूको चाप अत्यधिक हुने हुँदा छिटो च्यानल खुलाउन सकेसम्म विहानै अथवा दिउँसोको समयमा खरिद प्रक्रिया पुरा गर्न पनि कम्पनीले आग्रह गरेको छ ।

यो प्याकेज खरिद गरिसकेपछि फिफा विश्वकप २०२२ आउने 'हिमालय प्रिमियम च्यानल खुल्न केही समय लाग्न सक्ने भएकाले धैर्य गर्न डिशहोमले अनुरोध गरेको छ।

 

पछिल्लो अध्यावधिक: मंसिर ११, २०७९ १८:४