close

एनसेलको ई-सिम, यी फोनमा गर्छ सपोर्ट

टेकपाना टेकपाना

मंसिर १६, २०७९ १५:५५

एनसेलको ई-सिम, यी फोनमा गर्छ सपोर्ट

काठमाडौं । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडले गत सातादेखि ई-सिम वितरण गर्न थालेको छ । एनसेल सिम प्रयोग गरिरहेका ग्राहकले एसएमएसमार्फत अनुरोध पठाई हाल प्रयोग भइरहेको सिमलाई ई-सिममा अपग्रेड गर्न सक्छन् ।

यसका लागि ग्राहकले आफ्नो नागरिकता नम्बर, ईमेल ठेगाना टाइप गरी १७१२५ मा एसएमएस पठाउनुपर्छ । ई-सिम लिनुअघि ग्राहकले एनसेलको प्रतिनिधिबाट ग्राहक पहिचानका लागि कल प्राप्त गर्छन् । यो एसएमएस पठाउन र सिम अपग्रेड गर्नका लागि कुनै शुल्क लाग्नेछैन ।

ग्राहकले आफूलाई पायक पर्ने नजिकैको एनसेल सेन्टरबाट पनि आफ्नो सिम ई-सिममा अपग्रेड गर्नसक्ने बताइएको छ । ग्राहकले आफ्नो मोबाइल ई(सिम चल्नेरनचल्ने थाहा पाउन *#०६# डायल गर्नुपर्छ । यदि इम्बेडेड आइडेन्टिटी डकुमेन्ट (ईआईडी) सहितको विवरण ग्राहकको डिस्प्लेमा आएमा त्यस्तो मोबाइलमा ई-सिम चल्छ ।

यी डिभासमा सपोर्ट गर्छ ई-सिम

आईफोन

  • iPhone XR
  • iPhone XS
  • iPhone XS Max
  • iPhone 11
  • iPhone 11 Pro
  • iPhone 11 pro Max
  • iPhone SE 2 (2020)
  • iPhone 12
  • iPhone 12 Mini
  • iPhone 12 Pro
  • iPhone 12 Pro Max
  • iPhone 13
  • iPhone 13 Mini
  • iPhone 13 Pro
  • iPhone 13 Pro Max
  • iPhone SE 3 (2022)
  • iphone 14
  • iphone 14 plus
  • iphone 14 pro
  • iphone 14 pro Max

आईप्याड

  • iPad Pro 11″ (model A2068, from 2020)
  • iPad Pro 12.9″ (model A2069, from 2020)
  • iPad Air (model A2123, from 2019)
  • iPad (model A2198, from 2019)
  • iPad Mini (model A2124, from 2019)

सामसङ

  • Samsung Galaxy S20
  • Samsung Galaxy S20+
  • Samsung Galaxy S20 Ultra
  • Samsung Galaxy S21
  • Samsung Galaxy S21+ 5G
  • Samsung Galaxy S21 Ultra 5G
  • Samsung Galaxy S22
  • Samsung Galaxy S22 5G
  • Samsung Galaxy S22 Ultra
  • Samsung Galaxy Note 20 Ultra
  • Samsung Galaxy Note 20 Ultra 5G 
  • Samsung Galaxy Fold
  • Samsung Fold LTE model
  • Samsung Galaxy Fold 3
  • Samsung Galaxy Z Fold2 5G
  • Samsung Galaxy Z Fold3 5G
  • Samsung Galaxy Z Flip3 5G
  • Samsung Galaxy Z Flip3 5G Fold
  • Samsung Galaxy Z Flip
  • Samsung Galaxy Note 20 FE 5G
  • Samsung Galaxy Note 20FE
  • Samsung Watch (via Samsung Wearable application)

गुगल फोन

  • Google Pixel 2 (only phones bought with Google Fi service)
  • Google Pixel 2 XL
  • Google Pixel 3 XL
  • Google Pixel 3a XL
  • Google Pixel 4
  • Google Pixel 4a
  • Google Pixel 4 XL
  • Google Pixel 5
  • Google Pixel 5a
  • Google Pixel 6
  • Google pixel 6a
  • Google Pixel 6 Pro.

ह्वावे

  • Huawei P40
  • Huawei P40 Pro
  • Huwawei P50 Pro
  • Huawei Mate 40 Pro

ओप्पो

  • Oppo Find X3
  • Oppo Find X3 Pro
  • Oppo Reno 5A
  • Oppo Reno6 Pro 5G
  • Oppo Find X5
  • Oppo Find X5 Pro
  • Oppo A55s

सोनी

  • Sony Xperia 1 IV
  • Sony Xperia 5 IV
  • Sony Xperia 10 III Lite
  • Sony Xperia 10 IV

मोटोरोला

  • Motorola Razr 2019
  • Motorola Razr 5G

ई-सिम सपोर्ट गर्ने अन्य फोनहरू

  • Motorola Razr 2019
  • Motorola Razr 5G
  • Nuu Mobile X5
  • Gemini PDA
  • Rakuten Mini
  • Rakuten Big-S
  • Rakuten Big
  • Surface Pro X
  • Honor Magic 4 Pro
  • Fairphone 4
  • Vivo X80

माथि उल्लेख गरिएका विभिन्न ब्रान्डका कम्पनीले मात्र हालसम्म ई-सिमको स्वीकृति पाएर ई-सिम सपोर्ट हुने सेवा उपलब्ध गराउँदै आएका छन् । तर सबै देशमा यी फाेनले ई-सिम सपाेर्ट गर्छन् भन्ने पनि हुँदैन ।

त्यो देशको भूगोल तथा आन्तरिक नीतिले गर्दा ई-सिम सपोर्ट गर्ने डिभाइस भएपनि नचल्न सक्छ । हालसम्म ई-सिम सपोर्ट हुने जानकारी दिएका ब्रान्डका फोन मात्र याे सूचीमा समावेश गरिएको छ ।

अन्य फोनको सन्दर्भमा भने कम्पनीले घोषणा गरेको खण्डमा जानकारी उपलब्ध हुनसक्छ ।

के हो ई-सिम ?

ई-सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक सिम हो । ई-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसका लागि ई-सिम सपोर्ट गर्ने ह्यान्डसेट आवश्यक हुन्छ ।

यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ । ई-सिम प्रयोगमा आए पश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन ।

मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसहरुमा समेत प्रयोग गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: मंसिर १६, २०७९ १५:५५